काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
जसको प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको महाशाखाले जानकारी दिएको छ।
यस्तै महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।