मारिया कोरिना माचाडो नोबेल शान्ति पुरस्कारबाट सम्मानित
तोमनाथ उप्रेती:
यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी राजनीतिज्ञ मारिया कोरिना माचाडोले प्राप्त गरेकी छन्। उनको साहस, अडान र लोकतन्त्रप्रतिको अटुट प्रतिबद्धता विश्वसामु उजागर भएको छ। नोबेल पुरस्कार प्रदान गर्ने समितिले भनेको छ, “अन्धकार फैलिँदै गएको समयमा पनि उनले लोकतन्त्रको ज्योति निभ्न दिएकी छैनन्।” माचाडोको नेतृत्व भेनेजुएलामा सीमित छैन; यो सम्पूर्ण ल्याटिन अमेरिकाका लागि प्रेरणाको प्रतीक बनेको छ।
![]()
समितिले उनको असाधारण नागरिक साहसलाई विशेष रूपमा स्मरण गराएको छ। कठिन परिस्थिति, दबाब र उत्पीडनका बाबजुद उनले आफ्ना मूल्य, मानव अधिकार र स्वतन्त्रताको पक्षमा अडान राखेकी छन्। उनको जीवनले देखाएको छ कि भय र हिंसाले मानिसको आत्मा कमजोर पार्न सक्दैन।
सन् २०२५ को नोबेल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोस्थित नर्वेजियन नोबेल इन्स्टिच्युटमा बिहान ९:०० बजे घोषणा गरियो। समारोहले माचाडोको योगदानलाई विश्वसामु सम्मानित गरेको छ। उनको प्रयास राजनीतिक उपलब्धि होइन; यो मानवताको लागि उज्यालो र मार्गदर्शन बनेको छ।
माचाडोले देखाएको साहस, दृढता र न्यायको खोजीले भविष्यका पुस्तालाई प्रेरित गर्नेछ। उनका कदमले प्रमाणित गर्छन्—एक व्यक्तिको आवाज, अटुट विश्वास र अडानले व्यापक परिवर्तन ल्याउन सक्छ। आज माचाडो भेनेजुएलाकी नेता मात्र होइन; उनी विश्वका लागि स्वतन्त्रता र न्यायको प्रतीक बनेकी छन्।
मारिया कोरिना माचाडो पारीस्का भेनेजुएलाको राजधानी काराकसमा सन् १९६७ अक्टोबर ७ मा जन्मेकी हुन्। उनी चार बहिनीमध्येकी ठूलो हुन्। उनको परिवारले उनलाई सानैदेखि नै अनुशासन, अध्ययन र मानवताको मूल्य सिकाएको थियो। उनका पिता, हेनरिक माचाडो जुलोआगा, फलाम–स्टील उद्योगमा व्यवसायिक व्यक्तित्व भएका थिए, जसले मेहनत र दृढताका पाठ पढाए। आमाको नाम कोरीना पारीस्का हो, जो मानसिक स्वास्थ्य र मनोविज्ञान क्षेत्रमा सक्रिय छन्। उनीहरूको मार्गदर्शनले माचाडोमा संवेदनशीलता र विश्लेषणात्मक क्षमता दुवै विकास गर्यो।
उनले आफ्नो उच्च शिक्षा एन्ड्रेस बेल्लो क्याथोलिक विश्वविद्यालयबाट इण्डस्ट्रियल इन्जिनियरिङ्गमा पूर्ण गरिन्। त्यसपछि उच्च प्रशासन अध्ययन संस्थानबाट वित्तमा मास्टर्स डिग्री हासिल गरी उनले ज्ञान र नेतृत्व क्षमता दुवैलाई सशक्त बनाइन्। सन् २००९ मा उनको नाम येल विश्वविद्यालयको वल्ड फेलोकार्यक्रममा परेको थियो। त्यहाँ उनले राजनीतिक, आर्थिक र मानवअधिकारका बहुआयामिक विषयहरूमा अन्तर्राष्ट्रिय दृष्टिकोण र अनुभव हासिल गरिन्।
माचाडोको जीवनमार्ग शिक्षा, ज्ञान र सामाजिक उत्तरदायित्वको प्रतीक बनेको छ। उनका कदम र संघर्षले भेनेजुएलामा मात्र होइन, सम्पूर्ण ल्याटिन अमेरिकामा लोकतन्त्रको ज्योति जोगाउन प्रेरित गरेको छ। उनका विचार, अनुभव र साहसले उनलाई विश्वसामु सम्मानित नेता बनाएका छन्। सरल भाषामा भन्नुपर्दा, माचाडो ज्ञान र नेतृत्वकी प्रस्तुति मात्र होइनन्; उनी आशा, धैर्य र न्यायप्रतिको अटूट प्रतिबद्धताको जीवित प्रतीक हुन्।
माचाडोको राजनीतिक जीवन नागरिक समाजसँग सुरु भयो । उनी सुरुमा सुमाटे नामक मतदाता निगरानी र नागरिक अधिकार संगठनकी सह–स्थापिका हुन्।यस संगठनमार्फत उनले लोकतान्त्रिक प्रक्रिया, पारदर्शिता र नागरिक सहभागितामा ध्यान केन्द्रित गरिन्। सुमाटेले भेनेजुएलामा निर्वाचनको निगरानी, मतदाता शिक्षा र नागरिक अधिकारको संरक्षणमा काम गर्यो।
उनको नेतृत्वमा संगठनले अन्तर्राष्ट्रिय निगरानी र समर्थन समेत प्राप्त गर्यो।यसले उनलाई लोकतन्त्र र मानव अधिकारको लागि सक्रिय नेतृको रूपमा चिनायो। यस संस्थाले चुनावी पारदर्शिताको पक्षमा काम गर्यो, मत गणना र मतदाताको हक सुनिश्चित गर्ने उदेश्य बोकेको थियो।
सन् २०११ मा मारिया कोरिना माचाडोले राष्ट्रिय संविधानसभाको निर्वाचन जितिन् र नेशनल असेम्ब्लीको सांसद पद ग्रहण गरिन्, मिरांडा राज्यबाट। त्यो चुनावमा उनले सबै उम्मेदवारहरू मध्ये सबैभन्दा बढी मत पाएकी थिइन्। उनका समर्थकहरूले उनलाई विश्वास र आशाको प्रतीकको रूपमा हेरेका थिए। संसदमा प्रवेश गर्दा उनी नयाँ ऊर्जा, उत्साह र पारदर्शिता लिएर आएको अनुभूति दियो।तर मार्च २०१४ मा सरकार विरोधी प्रस्ताव र प्रदर्शनहरूमा उनको सक्रिय भूमिकाका कारण उनको सांसद पद अस्थायी रूपमा रोकियो। यस निर्णयले उनलाई मात्र नभई उनका समर्थकलाई पनि स्तब्ध बनायो। तर माचाडो निराश भइनन्। उनले लोकतन्त्र र न्यायको मार्गमा अडिग रहिन्। यो समय उनका लागि चुनौतीपूर्ण भए पनि, उनले साहस र धैर्यको पाठ सिकाइन्।
उनको यो अनुभवले देखाउँछ कि नेतृत्व केवल पद र सम्मानमा सीमित छैन। साँचो नेतृत्व भनेको मूल्य, सिद्धान्त र न्यायको पक्षमा अडिग रहनु हो। माचाडोले यस कठिन समयमा पनि जनता र लोकतन्त्रप्रति आफ्नो प्रतिबद्धता कायम राखिन्। उनका कदमले राजनीतिक जीवनमा केवल सफलता होइन, आदर्श र प्रेरणा पनि दिएको छ। उनको यात्रा भनेको केवल व्यक्तिगत संघर्ष मात्र होइन, सम्पूर्ण भेनेजुएलाका नागरिकका लागि आशा र उज्यालोको कथा हो।
माचाडोले सरकारको आलोचना धेरै पटक गरिन् । विशेष गरी निकोलस मादुरोको शासन र चावेजी नीतिका विरुद्ध।उनले लोकतान्त्रिक अधिकार, न्याय, र पारदर्शिताको पक्षमा बोलिन्।यो कारणले गर्दा उनी अक्सर निषेधित भइन्, थिचिने जोखिम र सरकारी दबाबको सामना गरिन्।उनको आवाजले भेनेजुएलामा लोकतन्त्र र मानव अधिकारको लागि संघर्षलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्यो।उनले सार्वजनिक सभा, डिजिटल प्लेटफर्म र अन्तर्राष्ट्रिय मञ्चमार्फत आफ्नो विचार राखिन्।त्यसैले उनलाई अन्तर्राष्ट्रिय पुरस्कार र मान्यता पनि प्राप्त भयो।
सन् २०२३ मा हुने विपक्षी प्राथमिक निर्वाचनमा ९२%भन्दा बढी मत पाएका थिए, तर सरकारद्वारा उनको चुनावी दौडबाट बाहिर निकालिइन्; १५ वर्षसम्म सरकारी कार्यालयमा उम्मेदवारी नदिने प्रतिबन्ध यस्तो भएपछि उनले विपक्षी गठबन्धनलाई उम्मेदवार समर्थन उनी अझै पनि थाहा–छल–अपराधले डराएकी छैनन्। सन् २०२५ मा, केही समय लुकेकी थिइन्, जब निर्वाचन परिणाम र शासी पार्टीले वैधताको सवाल उठायो। एक पटकले उनी सडकमा देखिइन्, प्रदर्शनको नेतृत्व गर्न, र त्यसपछि दमन भए; केही समयको लागि अर्धस्वायत्त रूपमा पक्राउ गरिएकी र जबरजस्ती भिडियो रेकर्ड गराउन बाध्य पारिएकी भनी उनका समर्थकहरूले दाबी गरिन्।
माचाडो नीतिगत दृष्टिले दक्षिण अमेरिकी परिप्रेक्ष्यमा लोकतन्त्र, पारदर्शिता, र मानवअधिकारको पक्षमा छन्। उनी राज्य-नियन्त्रित उद्योगहरूलाई निजीकरण गर्ने प्रस्तावमा खप्पिस छन्, । उनले पुनः निर्वाचनलाई सीमित गर्ने विषयमा पनि जोर दिइरहेकी छन्। त्यसैगरी, माचाडोले सामाजिक मुद्दाहरूमा बोल्ने खालका छन्—समलिङ्गी विवाह, चिकित्सा गञ्जाली प्रयोग, र गर्भपतन लगायतका विषयहरूमा खुलापन देखाउन चाहन्छन्।
उनको मान्यता अनुसार, लोकतन्त्र मतदान र चुनाव मात्र होइन; यो नागरिकको आवाज सुनिने, न्याय, नियम र कानुनले शासन गर्ने, भय नहोस् भन्ने भावना हो। जब सरकार द्वारा निर्वाचन प्रणालीमा हस्तक्षेप हुन्छ, जब मतगणना पारदर्शी हुँदैन, तब लोकतन्त्र झुक्छ भन्ने उनको विश्वास छ। मारिया कोरिना माचाडोले आफ्नो राजनीतिक जीवनमा असाधारण दृढता, साहस र मानवतावादी दृष्टिकोणको प्रदर्शन गरेकी छन्। उनको योगदान भेनेजुएलासम्म सीमित छैन; उनले सम्पूर्ण विश्वलाई लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारको अर्थ सम्झाइरहेकी छन्। यही कारणले उनी अन्तर्राष्ट्रिय स्तरमा सम्मानित भइन्।
सन् २०२४ मा उनले ‘सखारोभ स्वतन्त्र विचार पुरस्कार’ प्राप्त गरिन्।यो पुरस्कार स्वतन्त्र सोच, अभिव्यक्तिको स्वतन्त्रता र मानव अधिकारको संरक्षणका लागि प्रदान गरिन्छ।माचाडोले यो सम्मान पाउँदा, उनको साहस र लोकतन्त्रप्रतिको समर्पणलाई विश्वभर मान्यता मिल्यो। यो पुरस्कार युरोपेली संसदले तिनै व्यक्तिहरूलाई प्रदान गर्छ, जसले स्वतन्त्र सोच र मानव अधिकारको संरक्षणका लागि अदम्य संघर्ष गरेका हुन्छन्। माचाडोले यो पुरस्कार ग्रहण गर्दा भनिन्—“स्वतन्त्रता कुनै विलासिता होइन, यो मानव आत्माको स्वाभाविक श्वास हो।”
त्यसै वर्ष, उनले ‘भ्याक्लाभ हाभेल मानव अधिकार पुरस्कार’ पनि प्राप्त गरिन्।यो पुरस्कार न्याय, स्वतन्त्रता र मानव मर्यादाका लागि निरन्तर लड्ने व्यक्तिहरूलाई प्रदान गरिन्छ।माचाडोले यो सम्मान पाउँदा विश्वभरका मानव अधिकारकर्मीहरू उनका कार्यबाट प्रेरित भए।उनको आवाजले निरंकुश शासनविरुद्धको संघर्षलाई नयाँ उर्जा र नैतिक शक्ति प्रदान गर्यो। यो पुरस्कारले न्याय, मानव अधिकार र कानुनको शासनका लागि उनको प्रतिबद्धतालाई मान्यता दियो। माचाडोले यो अवसरमा भनेकी थिइन्, “न्याय ढिलो हुन सक्छ, तर मौन रहँदैन।” उनका शब्दहरू भाषण थिएनन्, ती हजारौं भेनेजुएलाली नागरिकहरूको आशा थिए, जो अन्धकार र अत्याचारबीच उज्यालो खोजिरहेका थिए।
त्यो वर्षको अन्त्यतिर, बीबीसीले उनलाई ‘बीबीसी १०० वुमन’ सूचीमा स्वागत गर्यो।यो सूचीमा विश्वभरका सबैभन्दा प्रभावशाली, प्रेरणादायी र साहसी महिलाहरू समावेश गरिन्छ।माचाडोको नाम त्यहाँ लोकतान्त्रिक आन्दोलन, नारी सशक्तीकरण र मानवताको प्रतीकका रूपमा लेखियो।उनको अडान, वाणी र साहसले भेनेजुएलामात्र होइन, सम्पूर्ण विश्वका महिलाहरूमा आशा र आत्मविश्वासको ज्योति प्रज्वलित गर्यो।उनले देखाइन्—कसरी सत्य, न्याय र स्वतन्त्रताको खोजी गर्ने आत्मा कहिल्यै डराउँदैन। यो सूचीमा संसारका सबैभन्दा प्रभावशाली, प्रेरणादायी र साहसी महिलाहरू समावेश हुन्छन्। माचाडोको नाम त्यहाँ लोकतान्त्रिक आन्दोलन, नारी सशक्तीकरण र मानवताको प्रतीकका रूपमा लेखियो।अन्ततः, सन् २०२५ मा, उनी नोबेल शान्ति पुरस्कार विजेता बनिन्। नोबेल समितिले घोषणा गर्दै भन्यो—“अन्धकार फैलिँदै गएको समयमा पनि उनले लोकतन्त्रको ज्योति निभ्न दिएकी छैनन्। भेनेजुएलामा डेमोक्रेटिक शक्तिको नेतृत्वमा देखापरेकी माचाडोले ल्याटिन अमेरिकाको सबैभन्दा असाधारण नागरिक साहसको उदाहरण प्रस्तुत गरेकी छन्।”
यो सम्मानको घोषणा मात्र थिएन, यो एउटा ऐतिहासिक स्वीकारोक्ति थियो—कि सत्य र साहसलाई कुनै शासन, कुनै दमन, र कुनै शक्तिले हराउन सक्दैन। माचाडोको नाम अब तिनै साहसी आत्माहरूको सूचीमा अंकित भयो, जसले मानवताको लागि अन्धकारसँग लडे।उनको मुस्कान, उनको आवाज, र उनको अडान आज पनि सयौं नागरिकहरूको प्रेरणा बनेको छ। उनले संसारलाई सिकाइन्—जब राज्य मौन रहन्छ, तब नागरिकको आवाज नै सबभन्दा ठूलो क्रान्ति हुन्छ।
मारिया कोरिना माचाडोको यात्रा संघर्षले भरिएको छ। उनको मार्ग कहिल्यै सजिलो थिएन। राज्यको दबाब, डर, उत्पीडन र नियन्त्रणको प्रयासले उनलाई बारम्बार घेर्यो। तर उनले कहिल्यै हार मानिनन्।उनीले धेरै पटक सडकमा नारा लगाइन्। हजारौं नागरिकलाई सङ्गठित गरिन्। तर हरेक पटक, प्रहरीको बल, अश्रुग्यास, र धम्की उनका वरिपरि फैलिन्थे। सरकारका निकायहरूले उनलाई कमजोर पार्ने प्रयास गरे। राष्ट्रिय मिडियाले उनको चरित्रमाथि प्रहार गर्यो। कहिले “विद्रोही” भनेर, कहिले “विदेशी एजेन्ट” भनेर आरोप लगाइयो। तर उनले आफ्नो वाणीलाई कहिल्यै रोकिनन्।
उनका लागि लोकतन्त्र नारा होइन—जीवनको विश्वास हो। उनले सधैं भनिन्, “लोकतन्त्रको आवाज डरले मौन हुन सक्दैन।” तर यो आवाज उठाउँदा उनले आफ्ना बच्चाहरूको सुरक्षा जोखिममा राखिन्। केही समय उनका सन्तानहरू विदेशमा बस्न बाध्य भए। माचाडोले एकपटक भनेकी थिइन्, “म आमासँगको प्रेम र देशप्रतिको जिम्मेवारीबीच रोज्न बाध्य छु।”सरकारले उनलाई बारम्बार रोक्ने प्रयास गर्यो। उनीमाथि मुद्दा चलाइयो। प्रहरी निगरानीमा राखियो। अन्ततः, निर्वाचन आयोगले उनलाई उम्मेदवार बन्न नदिने निर्णय गर्यो। यो राजनीतिक निर्णय थिएन—एक नारीको साहसलाई तोड्ने प्रयास थियो।तर उनले आँसु होइन, अडान रोजिन्। उनले भनिन्, “यदि मलाई रोकिन्छ भने, मेरो आवाज जनताले अगाडि बढाउनेछन्।” यही अडानले माचाडोलाई आज पनि प्रतिरोधको प्रतीक बनाएको छ।
माचाडो व्यक्तित्वमा निष्ठावान, साहसी र अडिग छन्। उनी डराउन मन पराउँदिनन्। उनले सार्वजनिक भाषणमा सादापन र स्पष्टता प्रयोग गर्छिन्। उनको शब्दहरू प्रायः न्याय, स्वतन्त्रता र मानव गरिमाको पक्षमा छन्।शिक्षित, पारिवारिक पृष्ठभूमि भए पनि, उनले जनताको बीचमा जान रुचाउँछिन्—उनी निर्धन क्षेत्रहरूमा गएर जनतालाई भेट्छिन्, उनका समस्याहरू सुन्छिन्।उनको नारीत्व पनि सार्वजनिक पहिचान हो। महिला नेतृका रूपमा उनको अस्तित्व र साहस धेरैलाई प्रेरणा हो। उनले राजनीतिक संसारमा महिला नेतृत्वको सम्भावनालाई देखाएको छ।
मारिया कोरिना माचाडो लोकतान्त्रिक पुनर्जागरणको आवाज हुन्। उनी भेनेजुएलाको भविष्यलाई स्वतन्त्रता, पारदर्शिता र उत्तरदायित्वको मार्गमा लैजान चाहन्छिन्। उनको दृष्टि स्पष्ट छ—जनताको सहभागिता बिना लोकतन्त्र अधुरो हुन्छ। त्यसैले उनी मत गणना, निर्वाचन प्रक्रिया र नागरिक निगरानीलाई मजबुत बनाउन निरन्तर प्रयासरत छिन्।उनले देशमा डिजिटल प्रणाली र प्रविधिको प्रयोगबाट पारदर्शी चुनावको सपना देखेकी छन्। उनका अनुसार प्रविधि साधन होइन, सत्यको प्रहरी हो। स्वयंसेवकहरूको सञ्जाल, सार्वजनिक डेटा, र निष्पक्ष मत गणना नै विश्वसनीय शासनको आधार हुन्।संविधान र न्याय प्रणालीप्रतिको उनको दृष्टिकोण पनि गहिरो छ। उनी मान्छिन्—न्याय बिना स्वतन्त्रता अधुरो हुन्छ। त्यसैले उनले न्यायालयको स्वतन्त्रता, कानुनी उत्तरदायित्व, र नागरिक अधिकारको पुनर्स्थापनाको माग गरेकी छन्।
उनको नेतृत्वमा “पुनर्निर्माण योजना” राजनीतिक परिवर्तनको नक्सा होइन, नैतिक पुनर्जन्मको घोषणापत्र हो। अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यलाई उनले बुद्धिमत्तापूर्वक प्रयोग गरेकी छन्। संयुक्त राष्ट्रसंघ, अमेरिकी कांग्रेस, र मानव अधिकार संगठनहरूले उनलाई साहसको प्रतीक मानेका छन्।मारिया कोरिनाको संघर्ष सत्ता परिवर्तनका लागि होइन—मानव सम्मान, न्याय, र सत्यका लागि हो। उनी भन्छिन्, “हामीले भय होइन, विश्वासको राजनीति गर्नुपर्छ।” यही विश्वासले उनलाई समयको आँधीभित्र पनि अडिन सक्ने शक्ति दिएको छ।
माचाडोको जीवन र संघर्ष भेनेजुएलाको सीमामा सीमित छैन; यो एउटा प्रतीक बनेको छ—अन्धकारको घनघोर बीच पनि मानवीय साहस, धैर्य र न्यायको ज्योति कहिल्यै निभ्दैन। उनको प्रत्येक कदम, प्रत्येक भाषण, प्रत्येक क्रियाले एउटा स्पष्ट सन्देश दिन्छ—स्वतन्त्रता र मानव अधिकार अस्थायी शक्तिबाट दबाउन सकिँदैन। नोबेल पुरस्कारले यो सत्यलाई विश्वसामु उजागर गर्यो, कि एक व्यक्तिको आवाज, जब इमानदार र साहसी हुन्छ, त्यसले हजारौँ आवाजमा प्रतिध्वनि ल्याउन सक्छ।
भविष्य माचाडोको लागि सजिलो हुँदैन। सरकारले निरन्तर दबाब जारी राख्नेछ, जोखिमहरू अझ गहिरो हुनेछ। तर यही चुनौतीहरूले उनलाई कमजोर पार्न सक्दैनन्; बरू, उसको प्रतिबद्धता अझ प्रखर र अटल बनाउने छन्। जनताको विश्वास उसको साहसमा गाढा हुनेछ, र अन्तर्राष्ट्रिय समुदायले उसको प्रयासलाई निरन्तर समर्थन गर्नेछ।
माचाडोको कथा राजनीतिक संघर्षको कथा होइन; यो मानव आत्माको कथा हो, जसले अन्धकार, उत्पीडन र डरबीच पनि आशाको ज्योति बाल्न सक्छ। यो कथा भेनेजुएला मात्र होइन, विश्वभरका संवेदनशील नागरिकका लागि प्रेरणा बनेको छ। जीवन, न्याय, र स्वतन्त्रताको खोजीमा एक व्यक्तिको अविचलित कदमले इतिहासकै पाटो बदल्न सक्छ भन्ने यो प्रमाण हो।अन्ततः, मारिया कोरिना माचाडोले देखाएको साहस र अडानले मानवता, लोकतन्त्र र न्यायको परिभाषा पुनः लेख्ने अवसर दिएको छ—जहाँ प्रत्येक दबाब र चुनौतीको सामना गर्दै पनि, मानवीय आशा र अधिकारको ज्योति कहिल्यै निभ्दैन। यही सत्य, यही प्रकाश हो, जुन इतिहासले कहिल्यै भुल्दैन।
(अन्तराष्ट्रिय राजनीतिका जानकार उप्रेती नेपाल खुला विश्व विधालयमा राजनीतिक दर्शनमा एमफिल तहमा शोधकार्यमा संलग्न छन् ।)