एएसबीसी यू– २२ को सेमिफाइनलमा शुलभ माली र ईन्द्र सुनार विजयी - Chaitanya News
  • 2026-06-05
  • 06:32:01
  • शुक्रबार,जेठ २२, २०८३
  • एएसबीसी यू– २२ को सेमिफाइनलमा शुलभ माली र ईन्द्र सुनार विजयी

    एएसबीसी यू– २२ को सेमिफाइनलमा शुलभ माली र ईन्द्र सुनार विजयी

    ललितपुर– अर्को महिना थाइल्याण्डको राजधानी बैङककमा हुने यू– २२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिप छनोटमा शुलभ माली र ईन्द्र सुनार फाइनलमा पुगेका छन्।

    नेपाल बक्सिङ संघको आयोजनामा गत सोमबारदेखि सुरु भएको देशब्यापी खुला छनोटको दोस्रो दिन ५७ केजी तौल समूहको सेमिफाइनलमा बोसीगाउँका शुलभ मालीले बक्समाण्डुका सिङ्गविर लिम्बुलाई अंकको आधारमा जिते।

    अर्को खेलमा आर्मीका ईन्द्र बहादुर सुनारले केवाईबिसिका निर्मल सुवेदीलाई आरएसीमा पराजित गरे। छनोट चरणका बाँकी खेल भोलि बिहान ८ बजेदेखि सञ्चालन हुनेछन्।