नवनियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिन सके २ वर्ष टिक्छ : मिन विश्वकर्मा - Chaitanya News
  • 2026-05-07
  • 12:04:01
  • बिहिबार,बैशाख २४, २०८३
  • नवनियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिन सके २ वर्ष टिक्छ : मिन विश्वकर्मा

    नवनियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिन सके २ वर्ष टिक्छ : मिन विश्वकर्मा

    काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्माले वर्तमान सरकारले विश्वासको मत लिन सक्नेमा आशंका गरेका छन्। उनले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले ३० दिनभित्र विश्वासको मत लिन सके २ वर्ष टिक्ने टिप्पणी गरे।

    काठमाडौंमा आयोजित साक्षात्कारमा उनले भने,‘अहिले ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुनुभएको छ। अब ती दल सबैलाई मिलाएर लैजाने जिम्मेवारी प्रचण्डजीको काँधमा छ। उहाँले कांग्रेसलाई त मिलाउन सक्नुभएन, यी ७ दल कसरी मिलाउनुहुन्छ रु ३० दिनभित्र विश्वासको मत लिनुभयो भने चाहिँ २ वर्ष सरकार टिक्छ।’

    आफ्नो स्वास्थ्य र ज्योतिषीसँगको कुरा सुनाउँदै उनले भने,म अस्पतालमा सिकिस्त बिरामी थिएँ। मेरी श्रीमतीले ज्योतिषीलाई देखाईछिन्। ती ज्योतिषले २६ गतेसम्म बाँच्यो भने केही हुँदैन् भनेछन्। अब यो सरकार ३० दिन बाँच्यो भने २ वर्ष केहीले पनि छुँदैन् ।’

    आफ्नो दलको नेतृत्वमा रहेको गठबन्धन टुट्न घण्टा भन्दापनि मिनेटपनि नलागेको टिप्पणी गर्दै उनले भने,‘यो गठबन्धन यति चाँडै, मिनेटमा गठबन्धन टुट्ला भन्ने सायद नेपाली कांग्रेसका कुनैपनि नेताहरुलाई लागेको थिएन। परिणाम बदलियो, परिस्थिति बदलियो। जुन शक्ति र दलसँग अत्यन्तै खप्नै नसकिने, हुनै नसक्ने, नभन्देको भए हुन्थ्यो भन्ने आरोप र प्रत्यारोप थियो, उहाँहरुबीच विद्रोह र तिक्तता बिर्सिएर फेरि गठबन्धन बन्ला भनेर लागेको थिएन। १२ बजेर ४५ मिनेटबाट बालुवाटारबाट निस्किएका प्रचण्ड १ बजे बालकोट पुग्नुभयो। त्यहाँ सहमति बन्यो। यो राजनीतिक आश्चर्यजनक घट्ना घट्यो। अब हामी फेरि घुमिफिरी उही भूमरीमा पर्यौं भन्ने लागेको छ। राजनीतिक परिधिभित्र यो दुर्भाग्यपूर्ण घट्ना घट्यो।’