काठमाडौँ– एसीसी यू–१९ एसिया कप अन्तर्गत आज नेपालले बंगलादेशविरुद्ध ब्याटिङ गर्ने भएको छ।
बंगलादेश यू–१९ टिमले टस जित्दै आफूले फिल्डिङ रोजेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो।
दुबईमा जारी प्रतियोगितामा पहिलो खेल श्रीलंकासँग ८ विकेटले पराजित भएको नेपाल आजको खेलमा कमब्याक गर्न चाहन्छ।
समूह ‘बी’मा नेपालले तेस्रो खेल भने अफगानिस्तानसँग बुधबार समूह चरणको अन्तिम खेल खेल्नेछ।
नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन्। श्रीलंका र बंगलादेशले एक एक खेल जितेका छन् भने नेपाल र अफगानिस्तान जितविहीन छन्। यही समूहमा अहिले अफगानिस्तान र श्रीलंकाबीच खेल जारी छ।