काठमाडौँ– नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग २०२६ (बीपीएल) खेल्ने भएका छन्। उनलाई राजशाही वारियर्सले सिधा सम्झौतामार्फत अनुबन्ध गरेको हो।
इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, बिग ब्याश लिग र क्यानाडाको ग्लोबल टी–२० खेलिसकेका उनको बीपीएलमा पहिलो सहभागिता हुनेछ।
लामिछानेले ६८ टी२० अन्तर्राष्ट्रियमा १२९ विकेट लिइसकेका छन्। डिसेम्बर २६ देखि बीपीएल सुरु हुनेछ।
लामिछानेको राजशाही वारियर्समा नाजमुल हुसेन शान्टो ९कप्तान० सहित तान्जिद हसन तामिम, मोहम्मद नवाज, साहिबजादा फर्हान, तान्जिम हसन सकिब, यासिर अलि, अकबर अलि, रिपन मन्डल, जिसन आलम, हसन मुराद, अब्दुल गफर सकलेन, एसएम महरब, रोबियुल इस्लाम, वासी सिद्दिकी, मुशफिकर रहिम, शाखिर एच शुभ्रो, एमडी रुबेल, दुशान हेमन्थ, जहानदाद खान, जिमी निशम रहेका छन्।