विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्दै - Chaitanya News
  • 2026-09-27
  • 23:26:19
  • आइतबार,आश्विन ११, २०८३
  • विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्दै

    विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्दै

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सले लुम्बिनीविरुद्ध पहिले बलिङ गर्दैछ।

    विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङको निर्णय गर्दै लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन्।

    विराटनगरले खेलका लागि दुई परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशी बाहिरिँदा सुवास भण्डारी र शंकर राना टोलीमा आएका छन्।

    लुम्बिनी लायन्सले बुधबारको खेलबाट कुनै परिवर्तन गरेको छैन।

    लुम्बिनीले २४ घण्टाभित्रै अर्को खेल खेलेको हो। यो नकआउट खेल भएकोले पराजित हुने तेस्रो हुँदै बाहिरिनेछ भने जित्नेले सुदूरपश्चिम रोयल्सँग फाइनल खेल्नेछ।