काठमाडौं– त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा विराटनगर किंग्सलेले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ (फिल्डिङ)गर्दै छ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएका हुन्।
लिग चरणबाट सुदूरपश्चिम पहिलो र विराटनगर दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेपछि पहिलो क्वालिफायरमा भिड्न लागेका हुन्। आजको जितेता टोली फाइनल प्रवेश गर्नेछ।