एनपिएलमा आज लिग चरणको अन्तिम खेल हुँदै - Chaitanya News
  • 2026-11-08
  • 19:36:33
  • आइतबार,कार्तिक २३, २०८३
  • एनपिएलमा आज लिग चरणको अन्तिम खेल हुँदै

    एनपिएलमा आज लिग चरणको अन्तिम खेल हुँदै

    काठमाडौँ– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ।

    जसअनुसार, अपराह्न ३ः३० बजे कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्नेछन्। छ खेलबाट समान दुई अंक जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिइसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन्।

    प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन्।