एनपीएल: जनकपुरले टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै - Chaitanya News
  • 2026-06-05
  • 13:09:48
  • शुक्रबार,जेठ २२, २०८३
  • एनपीएल: जनकपुरले टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

    एनपीएल: जनकपुरले टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

    काठमाडौं– त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल प्रमियर लिग (एनपीएल) मा आज जनकपुर बोल्ट्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

    जनकपुरले आजको खेलमा एक परिवर्तन गरेको छ। यसअघि कप्तानको जिम्मेवारी पाएका वायन पार्नेलको स्थानमा संगीथ कूरे आएका छन्।

    पार्नेल पेलेइङ–११ मै नपरेपछि जनकपुर बोल्ट्सले आज फेरि कप्तान परिवर्तन गरेको छ। आज जान निकोल लफ्टी इटनले कप्तानी गरेका छन्।

    आज जनकपुर विजयी भएमा ४ अंक हुनेछ भने लुम्बिनी ६ अंकमै रोकिनेछ। यस्तोमा ६ अंक हुने टोली पनि प्लेअफमा पुग्न सक्छन्। जनकपुरले लिगकै अन्तिम खेलमा आइतबार कर्णाली याक्ससँग खेल्ने छ।

    लुम्बिनीले पछिल्लो खेलमा विराटनगर किङ्सलाई हराएको छ। जनकपुरले पनि चितवन राइनोजलाई हराएर आएको हो।