काठमाडौँ– त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन्। खेल अपराह्न ४ः०० बजे सुरु हुने छ ।
छ खेलबाट छ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ। लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ। जनकपुरले हालसम्म पाँच खेलबाट दुई अंक मात्र पाएको छ।