एनपीएल: चितवन राइनोजले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै - Chaitanya News
  • 2026-06-05
  • 14:44:25
  • शुक्रबार,जेठ २२, २०८३
  • एनपीएल: चितवन राइनोजले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

    एनपीएल: चितवन राइनोजले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

    काठमाडौं– नेपाल प्रमियर लिग (एनपीएल) को आजको दोस्रो खेलमा चितवन राइनोजले टस जितेर बलिङ गर्दैछ।

    चितवनका लागि यो खेल महत्वपूर्ण छ। चितवनले सुदूरपश्चिमलाई हराएमा ६ अंक हुनेछ र अधिकतम ८ अंकसम्म पुग्न सक्छ। जसले प्लेअफ पुग्ने प्रतिस्पर्धा रोचक बनाउने छ।

    सुदूरपश्चिम ५ खेलमा ५ जितसहित १० अंक जोडेर शीर्ष स्थानमा छ। आजको खेल जिते सुदूरपश्चिम शीर्षस्थानमै रहने पक्का हुनेछ, पराजित भए पनि शीर्ष २ को सम्भावना बलियो नै रहनेछ।