एनपिएलमा आज काठमाडौँले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै - Chaitanya News
  • 2026-04-28
  • 22:35:10
  • मंगलबार,बैशाख १५, २०८३
  • एनपिएलमा आज काठमाडौँले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै

    एनपिएलमा आज काठमाडौँले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै

    काठमाडौँ– त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।

    पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज र अपराह्न ४ः०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ।

    पाँच खेलबाट चार अंक मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अंक जोडेको ।

    प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।

    सुदूरपश्चिम १० अंकका साथ शीर्ष स्थानमा छ। पाँच खेलबाट चार अंक जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ।