माज र अनिलको अर्धशतकमा चार खेलको जितविहीन यात्रालाई समाप्त गर्दै जनकपुरको पहिलो जित - Chaitanya News
  • 2026-04-29
  • 00:10:25
  • मंगलबार,बैशाख १५, २०८३
  • माज र अनिलको अर्धशतकमा चार खेलको जितविहीन यात्रालाई समाप्त गर्दै जनकपुरको पहिलो जित

    माज र अनिलको अर्धशतकमा चार खेलको जितविहीन यात्रालाई समाप्त गर्दै जनकपुरको पहिलो जित

    काठमाडौं– त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल(मा जनकपुरले आफ्ने पहिलो जित निकालेको छ ।

    अनिल शाह र माज सदाकतले उत्कृष्ट ब्याटिङ गर्दै अर्धतशक प्रहार गरेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले लगातार चार खेलको जितविहीन यात्रालाई समाप्त गर्दै पहिलो जित हात पारेको हो।

    माज सदाकत र अनिल शाहको अर्धशतकमा जनकपुरले चितवन राइनोजले दिएको १७७ रनको लक्ष्य १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

    पहिलो जितपछि जनकपुरले ५ खेलबाट २ अंक जोड्दै अंकको खाता खोलेको छ। जनकपुरले यो जितबाट प्लेअफको झिनो सम्भावना कायम राखेको छ।

    उता चितवनको भने पाँच खेलमा यो तेस्रो हार हो। ५ खेलबाट ४ अंकसहित चितवन चौथो स्थानमा छ।

    पाकिस्तानी युवा अलराउण्डर माजले ६३ रन बनाए। माजले एनपीएलमा पहिलो अर्धशतक बनाउने क्रममा ३० बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गरी ६३ रन जोडे। माजले २४ बलमै अर्धशतक प्रहार गरेका थिए।

    अघिल्लो खेलमा सुदूरपश्चिमविरुद्ध ड्रप भएका अनिल चितवन विरुद्ध प्लेइङ एघारमा फर्कँदै सानदार ब्याटिङ गरेका थिए। उनले ६१ रन बनाए।

    अनिलको कप्तानीमा जनकपुरले सुरुवाती तीन खेलमा हार व्यहोरेपछि चौथो खेलमा दक्षिण अफ्रिकी बलर वायन पार्नेललाई जनकपुरले कप्तान बनाउँदै अनिललाई ड्रप गरेको थियो।

    कप्तानीमा पार्नेल नै निरन्तरता पाउदा अनिलले पाँचौ खेलमा वान डाउनमा ब्याटिङ गर्दै ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

    माज सदाकत र आसिफ शेखले पहिलो विकेटका लनगि ४५ रनको साझेदारी गर्दै जनकपुरलाई राम्रो सुरुवात दिलाएका थिए। आसिफ १७ बलमा १८ रन बनाएर छैटौं ओभरमा आउट भए।

    त्यसपछि माजले अनिल मल्लसँग दोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । माज र अनिलले ७९ रनको साझेदारी गरेका थिए।

    आदित्य महताले ७ बलमा २ चौका र १ छक्का मद्दतमा अविजित १८ रन जोडे।

    बलिङमा चितवनका सोहेल तनविर, कमलसिंह ऐरी र अमर सिंह राउटेलाले १–१ विकेट लिए।