एनपिएल: आज कर्णाली र काठमाडौँ भिड्दै - Chaitanya News
  • 2026-06-15
  • 03:45:25
  • आइतबार,जेठ ३१, २०८३
  • एनपिएल: आज कर्णाली र काठमाडौँ भिड्दै

    एनपिएल: आज कर्णाली र काठमाडौँ भिड्दै

    काठमाडौँ– त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दै छन्। खेल अपराह्न ३ः३० बजे हुनेछ।

    सोमपाल कामीको कप्तानीमा चार वटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटा मात्र जितेको छ। दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ। प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ।

    करण केसीको नेतृत्वमा रहेको काठमाडौँ पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ। प्लेअफको यात्रामा पुग्न काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण छ।