एनपिएल सिजन–२: आज चितवनसँग काठमाडौँ र कर्णालीसँग विराटनगर भिड्दै - Chaitanya News
  • 2026-06-15
  • 03:45:18
  • आइतबार,जेठ ३१, २०८३
  • एनपिएल सिजन–२: आज चितवनसँग काठमाडौँ र कर्णालीसँग विराटनगर भिड्दै

    एनपिएल सिजन–२: आज चितवनसँग काठमाडौँ र कर्णालीसँग विराटनगर भिड्दै

    काठमाडौँ– कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन्।

    जसअनुसार, पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ः०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ।

    चितवन चार अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौँले खेलमा दुई अंक मात्र बटुलेको छ। तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ।

    अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अंक जोडेको छ। आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ।