पोखराले जनकपुर बोल्ट्सलाई दियो १५६ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-15
  • 03:47:51
  • आइतबार,जेठ ३१, २०८३
  • पोखराले जनकपुर बोल्ट्सलाई दियो १५६ रनको लक्ष्य

    पोखराले जनकपुर बोल्ट्सलाई दियो १५६ रनको लक्ष्य

    काठमाडौं– कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा जारी नेपाल प्रिमियर लिग सिजन–२ (एनपीएल) मा सुमित वर्माको अर्धशतक मद्दतमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको छ।

    टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो।

    पोखरा यस सिजन टस जितेर ब्याटिङ गर्ने पहिलो टिमसमेत हो। पोखराका लागि युगान्डाका सुमित वर्माले २९ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५० रन बनाए। यस्तै दिनेश खरेलले ३९, तृतराज दासले २९ र एडम रोसिङग्टनले २४ रन जोडे।

    बलिङमा साविक विजेता जनकपुरका लागि सञ्जय कृष्णमुर्तीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए। कप्तान अनिल शाह र ललित राजवंशीले समान एक–एक विकेट लिए।

    दुई–दुई खेल खेलेका यी दुई टोली हालसम्म अंकविहीन छन् आज एक टोलीले २ अंक जोड्नेछ।