लगातार चौथो जित निकाल्दै सुदूरपश्चिम प्लेअफ नजिक - Chaitanya News
  • 2026-06-15
  • 03:47:10
  • आइतबार,जेठ ३१, २०८३
  • लगातार चौथो जित निकाल्दै सुदूरपश्चिम प्लेअफ नजिक

    लगातार चौथो जित निकाल्दै सुदूरपश्चिम प्लेअफ नजिक

    काठमाडौं– नेपाल प्रिमियर लिग सिजन–२ (एनपीएल) मा विनोद भण्डारीले अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्सले आज (लुम्बिनी) लायन्सलाई पराजित गर्दै लगातार चौथो जित हात पारेको छ।

    कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो।

    लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदुरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। लगातार चार जितपछि ८ अंक जोडेर शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्लेअफ नजिक समेत पुगेको छ।

    सुदूरपश्चिमले अब बाँकी ३ मध्ये १ खेल जितेमा पनि प्लेअफ पुग्नेछ। उता पहिलो खेलमै जित हात पार्दै सानदार सुरुवात गरेको लुम्बिनीको यो लगातार तेस्रो हार हो। ४ खेलबाट जम्मा २ अंक मात्र रहेको लुम्बिनीको प्लेअफ सम्भावना भने झिनो बनेको छ।

     

    सुदूरपश्चिमका लागि विकेटकिपर विनोदले अविजति ६९ रन बनाए । उनले ४९ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । यस सिजन भण्डारीको यो पहिलो अर्धशतक हो । यस्तै आरिफ शेखले ३७ बलमा ४ चौका र एक छक्का मदतमा ३९ रन बनाए ।

    क्रिकेट लिनले १९ रन योगदान गरे भने जोश ब्राउन ९ रनमा आउट भए । बलिङमा लुम्बिनीका रुबेन ट्रम्पलम्यान, अभिशेष गौतम र तिलक भण्डारीले समान एकरएक विकेट लिए।