लुम्बिनीद्वारा सुदूरपश्चिमलाई १४४ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-15
  • 01:48:30
  • आइतबार,जेठ ३१, २०८३
  • लुम्बिनीद्वारा सुदूरपश्चिमलाई १४४ रनको लक्ष्य

    लुम्बिनीद्वारा सुदूरपश्चिमलाई १४४ रनको लक्ष्य

    काठमाडौं– कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा जारी नेपाल प्रिमियर लिग सिजन–२ (एनपीएल) मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रझएल्सलाई १४४ रनको लक्ष्य दिएको छ।

    आज (बिहीबार) को पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रनमा अलआउट भएको हो।

    लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। यस्तै दिलिप नाथले ३१ रन जोडे। ओपनर डार्शी सर्ट र सुमित महर्जनले समान १८ रन बनाए।

    बलिङमा सुदूरपश्चिमका अविनाश बोहरा र हर्मित सिंले ३–३ तथा हेम्नत धामीले २ विकेट लिए।

    अंकतालिकामा हाल सुदूरपश्चिम रोयल्स ३ खेलमा अपराजित हुँदै ६ अंकसहित शीर्षस्थानमा छ भने लुम्बिनी लायन्स ३ खेलमा २ अंकसहित छैटौं स्थानमा छ।

    दुई टोलीबीच गत संस्करण भएको खेलमा सुदूरपश्चिम विजयी भएको थियो।