काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम मुख्यतया सफा रहने जनाएको छ।
यस्तै आज, दिउँसो कोसी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ। राति देशभर मौसम मुख्यतया सफा रहने विभागले बताएको छ।