एनपिएलमा आज काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्दै - Chaitanya News
  • 2026-06-05
  • 16:30:09
  • शुक्रबार,जेठ २२, २०८३
  • एनपिएलमा आज काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्दै

    एनपिएलमा आज काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्दै

    काठमाडौँ– नेपाल प्रिमियर लिग सिजन २ (एनपिल) अन्तर्गत आज काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गरिरहेको छ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ रोजेको हो। करण केसीको कप्तानीमा रहेको काठमाडौँले हालसम्म तीन खेल खेलेको छ। काठमाडौँले दुई खेलमा हार तथा एउटामा जित निकालेको छ। काठमाडौँ दुई अंकसहित तेस्रो स्थानमा छ।

    यस्तै रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले दुई खेल खेलेको छ। एउटामा जित निकालेको लुम्बिनी दुई अंकसहित चौथो स्थानमा छ।