एनपिएल सिजन२ काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै - Chaitanya News
  • 2026-06-15
  • 01:49:36
  • आइतबार,जेठ ३१, २०८३
  • एनपिएल सिजन२ काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै

    एनपिएल सिजन२ काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै

    काठमाडौँ– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अपराह्न ४ः०० बजे सुरु हुनेछ।

    करण केसीको कप्तानीमा रहेको काठमाडौँले तीन खेल खेलेको छ। यसका दुई हार र एक खेलमा जित निकालेको थियो। काठमाडौँ दुई अंकसहित तेस्रो स्थानमा छ।

    रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अंकसहित चौथो स्थानमा छ। दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ।