कर्णाली याक्सले टस जितेर रोज्यो फिल्डिङ, सुदूरपश्चिमले पायो निम्तो - Chaitanya News
  • 2026-06-05
  • 16:30:34
  • शुक्रबार,जेठ २२, २०८३
  • कर्णाली याक्सले टस जितेर रोज्यो फिल्डिङ, सुदूरपश्चिमले पायो निम्तो

    कर्णाली याक्सले टस जितेर रोज्यो फिल्डिङ, सुदूरपश्चिमले पायो निम्तो

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत आजको दोस्रो म्याचमा कर्णाली याक्सले टस जितेको छ।

    त्रिवि खेलमैदानमा टस जितेपछि कर्णालीका कप्तान सोमपाल कामीले फिल्डिङ रोजेका छन्। कर्णालीले फिल्डिङ रोजेपछि सुदूररपश्चिम रोयल्सले ब्याटिङको निम्तो पाएको छ।

    कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ।

    दुवै टिमले प्लेइङ ११ मा कुनै बदलाव गरेको छैन।