काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा थ्रिलिङ म्याचमा साविक विजेता जनकपुर बोल्ट्समाथि रोमाञ्चक जित निकाल्दै विराटनगर किंग्सले लगातार तेस्रो जित हात पारेको छ।
विराटनगरले जनकपुर बोल्टसलाई जारी एनपीएलमा ९ रनले पराजित गरेको हो। साविक विजेता जनकपुरको यो लगातार दोस्रो हार हो।
विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभरमा खेल्दा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो।
जनकपुरका लागि लफ्टी इतनले ४२ रन बनाए पनि जिताउन सकेनन्।
विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले चार ओभरमा केवल ११ रन दिएर ४ विकेट लिए। यस्तै, सूर्य तामाङले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए।