पहिलो खेलमा जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर - Chaitanya News
  • 2026-06-05
  • 16:30:18
  • शुक्रबार,जेठ २२, २०८३
  • पहिलो खेलमा जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

    पहिलो खेलमा जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

    काठमाडौँ– कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज पहिलो खेलमा विराटनगर किङ्स साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

    जनकपुरले टस जितेर फिल्डिङ राजेको हो। अनिल साहको कप्तानीमा रहेको जनकपुर पहिलो जितको खोजीमा छ। यसअघि जनकपुर पहिलो खेलमा काठमाडौँ गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो।

    यस्तै सन्दीप लामिछानेको कतानीमा रहेको विराटनगर लगातार तेस्रो जितको पर्खाइमा छ। विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौँलाई पराजित गरेको थियो।

    यस्तै आजै अपराह्न ४ बजे दोस्रो खेल साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा यही मङ्सिर १ गते सुरु भएको प्रतियोगिता मङ्सिर २७ गतेसम्म चल्ने छ।