धनगढी,- शिक्षा र संस्कारको सङ्गम, वेद र विज्ञानको संयोजन, प्रकृति र संस्कृतिको सम्मान भन्ने मूल ध्येय बोकेको चैतन्य पाठशाला धनगढीमा शनिवार तेस्रो जिल्ला स्तरीय scrabble प्रतियोगिता तथा दशौँ SQC Convention सम्पन्न भएको छ।
कैलाली, कञ्चनपुर र डोटीका गरी १३ वटा विद्यालयको सहभागिता रहेको कअचबददभि प्रतियोगितामा प्रतिस्पर्धात्मक, रोचक र शैक्षिक वातावरण झल्किएको थियो। प्रतियोगिताको निर्देशक सुमन श्रेष्ठ र सहायक निर्देशक नरेश रावल रहेका थिए ।
प्रतियोगितामा scrabble तर्फ प्रथम वात्सल्य विद्या निकेतनबाट विलक्षण पौडेल सोही विद्यालयबाट अनुराग विष्ट, तृतीय ब्राइट वे पब्लिक स्कुलबाट निखिल रोकाया घोषित भएका छन् । त्यसै गरी एरिस्टो माध्यमिक विद्यालयका शैलेश खड्का उत्कृष्ट शब्दबाट पुरस्कृत भए भने सबैभन्दा धेरै अंक प्राप्त कर्ताको रूपमा पनि विलक्षण पौडेल नै घोषित भए। विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफीद्वारा सम्मान गरिएको छ ।
यसै अवसरमा QUEST Nepal को सहकार्यमा चैतन्य पाठशालाले SQC Convention को आयोजना भएको थियो जसअन्तर्गत विद्यार्थीहरूको तार्किक, विश्लेषणात्मक तथा बौद्धिक क्षमता अभिवृद्धिका लागि मुन डिबेट सेसन राखिएको थियो।
उक्त सेसनमा कैलाली बहुमुखी क्याम्पसका असोसिएट प्रोफेसर सीताराम भट्ट र अंग्रेजी अध्यापिका हेमा उप्रेती निर्णायकका रूपमा उपस्थित थिए। निर्णायकद्वयले विद्यार्थीहरूको प्रस्तुति सशक्त, प्रभावकारी र आशाजनक रहेको मूल्यांकन गरेका थिए जसमा ग्ली एकेडेमी सर्वाेत्कृष्ट घोषणा भएको छ । साथै क्रमसः ज्ञानज्योती अत्तरिया र एभरेष्ट एकेडेमी अत्तरियाको उत्कृष्ट प्रस्तुती रहेको थियो ।
कुल ७ वटा SQC Convention का विद्यार्थीहरूले आफ्ना विद्यालयमा आधारित केस–स्टडी फाइन्डिङ प्रस्तुत गरेका थिए। प्रस्तुतिहरूमा फिडब्याक एक्सपर्टका रूपमा तेज पुरुष तथा बौद्धिक व्यक्तित्व यज्ञराज पाण्डे ज्यूले विश्लेषणात्मक र मार्गदर्शनपरक प्रतिक्रिया दिएका थिए ।
कार्यक्रमको स्वागत मन्तव्य चैतन्य पाठशालाका निर्देशक कटकबहादुर सिंहले राख्दै यस्ता शैक्षिक कार्यक्रमहरूले विद्यार्थीको मस्तिष्क निर्माण, तार्किक क्षमता र आत्मविश्वास अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
समापन कार्यक्रममा प्राचार्य प्रेमनिधि ओझाले “विद्यार्थीहरू फूलका कोपिला हुन्, तिनलाई उचित वातावरणमा फुल्न दिनुपर्छ,” भन्दै शिक्षा र संस्कारलाई समभावले अघि बढाइने चैतन्य पाठशालाको प्रतिबद्धता दोहो¥याए।
एनका अनुसार, यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको बहु आयामिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।
समग्रमा, scrabble प्रतियोगिता र SQC Convention दुवै कार्यक्रम विद्यार्थीहरूको सृजनशीलता, विश्लेषण क्षमता, प्रतिस्पर्धात्मक भावना र प्रस्तुति कौशल उजागर गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा सफलतापूर्वक सम्पन्न भएका छन्।