जाडो मौसममा हृदयघातको जोखिम कम कसरी गर्ने ? यस्ता छन् लक्षण र उपाय - Chaitanya News
  • 2026-05-01
  • 14:17:39
  • शुक्रबार,बैशाख १८, २०८३
  • जाडो मौसममा हृदयघातको जोखिम कम कसरी गर्ने ? यस्ता छन् लक्षण र उपाय

    जाडो मौसममा हृदयघातको जोखिम कम कसरी गर्ने ? यस्ता छन् लक्षण र उपाय

    काठमाडौं– देशका विभिन्न भागमा अत्यधिक चिसो बढेको छ। चिसोका कारण हाम्रो स्वास्थ्यमा पनि निकै गम्भीर असर पर्छ। जाडो मौसमले विशेष गरी दीर्घ रोगबाट पीडित मानिसहरूलाई धेरै नै असर गर्ने गर्दछ।

    चिसो मौसम हृदय रोगीहरुका लागि धेरै हानिकारक साबित हुन सक्छ किनकि उनीहरुले चिसोका कारण धेरै जटिलताहरुको सामना गर्नु पर्ने हुन्छ। जाडो याममा हृदयाघात र स्ट्रोक जस्ता घटना बढ्दै जाँदा मानिसको ज्यान समेत जान सक्छ। विज्ञहरूका अनुसार यस वर्ष जाडो सुरु भएसँगै हृदयघात र पक्षघातका बिरामी बढेका छन्।

    यस्तो अवस्थामा मुटु रोगीलाई सावधानी अपनाउन चिकित्सक र स्वास्थ्य विज्ञहरुले सुझाव दिइरहेका छन्। विशेषगरी उच्च रक्तचापका बिरामी र वृद्धवृद्धाहरूलाई जाडो मौसम सबैभन्दा बढी चुनौतीपूर्ण हुने गर्दछ।

    गर्मीको तुलनामा जाडोमा हृदयघातको जोखिम बढी हुने गर्दछ। विशेषज्ञहरुका अनुसार गर्मीमा भन्दा जाडोमा हृदयघात हुने सम्भावना ५३ प्रतिशतले बढी हुन्छ। जाडो मौसमको बिहान ४ बजे देखी ५ बजेसम्म हृदयघातको खतरा धेरै हुन्छ। चिसोको कारण शरीरमा नसा साँघुरिँदा मुटुमा कार्यभार बढी हुने र यसले हृदयघात अर्थात हर्टअट्याक हुने सम्भावना बढ्ने चिकित्सकहरु बताउँछन्।

    पछिल्लो समयमा हृदयघातबाट हुने मृत्यु संसारभरी बढेको छ। अझै युवा अवस्थाका मानिसहरुमा समेत यो समस्या व्यापक रुपमा देखिन थालेको छ। आजकाल मानिसहरुको अस्तव्यस्त जीवनशैलीले गर्दा हृदयघातको जोखिम बढ्दो छ। खानपानमा ध्यान नदिनु र आवश्यक शारिरिक व्यायमको नगर्नु त्यसैगरी प्रदुषित वातावरण हृदयघातको प्रमुख कारण हो।

    हृदयघातका लक्षणहरु:
    हृदयघात हुनु अघि हाम्रो शरीरमा केही अहसजता र लक्षणहरु देखिन्छन्। त्यस्ता लक्षणहरुबारे सचेत हुन सके हृदयघातबाट बँच्न सकिन्छ। हृदयघात हुनु अघि देखिने लक्षणबारे यहाँ चर्चा गरिएको छ।

    १–खुट्टा सुन्निनु
    २–अपच हुनु वा वान्ता हुनु
    ३–थकान महसुस हुनु
    ४– छाती वा पिठ्यूँमा अत्यधिक पीडा हुनु
    ५– सास फेर्न कठिन हुनु
    ६– टाउको, गर्दन वा दाँत दुख्नु
    ७– बेचैन हुनु, तनाव हुनु र रिंगटा लाग्नु
    ८– जोर्नीहरू दुख्नु र साथमा ज्वरो पनि आउनु
    ९– जिब्रो,औंलाका टुप्पाहरू नीलो हुनु
    यदि यस्ता लक्षणहरु देखा परे बेलैमा चिकित्सकको सल्लाह लिनुपर्छ। मुटुमा समस्या देखिएमा नियमित जाँच गर्नुपर्छ।

    हृदयघातबाट बच्ने उपाय:
    १– स्वस्थ भोजनस् प्रशस्त फलफूल, हरियो सागसब्जी खानुहोस् साथै चिनी, नून र चिल्लो एकदम कम गर्नुहोस्।

    २– नियमित शारिरिक कसरत रव्यायाम गर्नुहोस्स् दैनिक रूपमा ३० मिनेट ९आधा घण्टा० मात्रै भने पनि व्यायाम गर्नु मुटुको स्वस्थको लागि एकदमै राम्रो हो।

    ३– धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्नुहोस्– सूर्ति –तमाखु, सिगरेट (चुरोट), सिगार अथवा खैनी–सूर्ती स्वास्थ्यको लागि एकदमै हानिकारक हुन्छ। यसको उपयोग नगर्नु नै रोकथामको लागि एकदम उत्तम तरिका हो। त्यसैगरी सेकेण्ड(ह्यान्ड धूम्रपान ९अर्थात तपाईको छेउमा रहेर कसैले चुरोट पिउनु०को सम्पर्कमा पर्नु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ।

    ४– मुटुका केही रोगहरू जस्तै( उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मधुमेह आदिको कुनै लक्षणहरू नहुन पनि सक्छ। यी रोगहरू परीक्षण गरेपछि मात्र पत्ता लाग्छ। यसकारण मुटुरोगको कुरा गर्दा नियमित स्वास्थ्य परीक्षणलाई धेरै महत्त्व दिइन्छ। मानिसको आकस्मिक मृत्यु धेरैजसो मुटुरोगकै कारणबाट हुन्छ।