एनपिएल सिजन–२: आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै - Chaitanya News
  • 2026-05-03
  • 14:27:10
  • आइतबार,बैशाख २०, २०८३
  • एनपिएल सिजन–२: आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

    एनपिएल सिजन–२: आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

    काठमाडौँ– नेपाल प्रिमियर लिग सिजन–२ (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन्।

    खेल अपराह्न ४ः०० बजे सुरु हुनेछ । खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्ने छन्।

    पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको प्रभावकारी मिश्रण छ। आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री र विकेटकिपर एडम रोसिङ्टन आजको खेलमा पोखराका मुख्य आधार मानिएका छन्।

    सुदूरपश्चिमको टोलीमा विकेटकिपर विनोद भण्डारी, चर्चित खेलाडी क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा समावेश छन्।