काठमाडौँमा चिसो बढ्दै, कोशीका हिमाली भागमा वर्षा र हिमपातको सम्भावना - Chaitanya News
  • 2026-05-02
  • 12:33:16
  • शनिबार,बैशाख १९, २०८३
  • काठमाडौँमा चिसो बढ्दै, कोशीका हिमाली भागमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौँमा चिसो बढ्दै, कोशीका हिमाली भागमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ

    यस्तै, आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

    त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ। आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहने छ। आज बिहान ५ः४५ बजे यहाँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको थियो।