यस्तो छ तपाईंको आजको राशिफल - Chaitanya News
  • 2026-06-25
  • 20:50:37
  • बिहिबार,आषाढ ११, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । अधुरो काम पूरा हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । घर परिवारमा झैझमेलाको अवस्था आउला, तर यात्रा फलदायी हुनेछ ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा

    आज कुनै समाचारले मनमा शान्ति छाउला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । बौद्धिक काममा सफलता पनि मिल्नेछ ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । अचल सम्पत्ति हात पर्ला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । मन कमजोर रहने र मनमा गलत विचारमा पनि आउन सक्छ, सचेत रहनुहोला, तर नयाँ कमको योजना बन्नेछ ।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    आज आम्दानी प्रशस्तै बढ्नेछ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा पनि राम्रो सफलता मिल्ला । शेयर बजारले पनि साथ दिनेछ ।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु

    आज न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ, तर लत्ता कपडामा बढी धन खर्च पनि हुनसक्छ ।

    धनु – ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    आज प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

    मकर– भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन । तर यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा

    आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध पनि कसिलो होला ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।