एनपीएल सिजन–२: कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य - Chaitanya News
  • 2026-09-27
  • 17:52:29
  • आइतबार,आश्विन ११, २०८३
  • एनपीएल सिजन–२: कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

    एनपीएल सिजन–२: कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

    काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपिएल)दोस्रो संस्करणको दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ।

    टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनायो।

    कर्णालीका ओपनर प्रियांक पन्चालले सर्वाधिक ९० रन बनाए। ४८ बलमा प्रियांकले ७ चौका र ६ छक्का प्रहार गरे। म्याक्स ओडाउडले २० र मार्क वाट १६ रनमा आउट भए। पवन सरार्फ २७ र नजिबुल्लाह जद्रान ४ रनमा अविजित रहे।

    बलिङमा चितवनका शोहिल तन्विर, रवि बोपारा र सैफ जैबले एकरएक विकेट लिए।