एनपीएलमा आज चितवनसँग कर्णाली र विराटनगरसँग पोखरा भिड्दै - Chaitanya News
  • 2026-06-05
  • 16:42:47
  • शुक्रबार,जेठ २२, २०८३
  • एनपीएलमा आज चितवनसँग कर्णाली र विराटनगरसँग पोखरा भिड्दै

    एनपीएलमा आज चितवनसँग कर्णाली र विराटनगरसँग पोखरा भिड्दै

    काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज (मंगलबार) दुई खेल हुँदैछन्।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन्। दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्। चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ।

    चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन्। विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पोखराको कप्तान कुशल भुर्तेल रहनेछन्।

    गत संस्करणमा चितवन र कर्णाली दुईपटक खेल्ने अवसर जुरेको थियो। लिग चरण र प्लेअफ दुवैमा भएको भेटमा कर्णाली याक्सले जित निकालेको थियो।

    यस्तै विराटनगर र पोखराबीच गत संस्करण भएको एक खेलमा पोखराले बाजी मारेको थियो। त्यसबेला पोखराका लागि रेमन रेइफर नायक बनेका थिए। उनी यस संस्करणमा पनि पोखराबाटै खेल्दै छन्।

    यसअघि सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएर काठमाडौं गोर्खाजले सुखद सुरुआत गरेको छ । जितसँगै काठमाडौंले अंकतालिकामा दुई अंक पनि जोड्यो।

    नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा यही मंसिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल खेल मंसिर २७ मा हुनेछ। प्रतियोगिताका विजेताले रु एक करोड १० लाख पाउने क्यानले जनाएको छ।

    एनपीएलका सबै खेल अनलाइनखबर डटकमले लाइभ गर्नेछ।