जाडोमा कस्तो जीवनशैली अपनाउने ? - Chaitanya News
  • 2026-09-07
  • 03:45:53
  • आइतबार,भाद्र २१, २०८३
  • जाडोमा कस्तो जीवनशैली अपनाउने ?

    जाडोमा कस्तो जीवनशैली अपनाउने ?

    काठमाडौं–  जाडोमा वाह्य तापमानसँग शरीरको तापमानको सन्तुलन मिलाउन तातो खानेकुरा खानुपर्छ। खासगरी सुपयुक्त खानेकुरा उपयुक्त हुन्छ। तातो सुप, तातो पानी पर्याप्त सेवन गर्नुपर्छ। यसले शरीरमा पानीको अभाव मात्र पुरा गर्दैन, शरीरलाई न्यानो राख्न सघाउँछ।

    यतिबेला सुन्तला लगायतका मौसमी फलहरु पाइन्छ। सखरखण्ड, पिँडालु जस्ता कन्दमुल पाइन्छ। जाडोको मौसममा यस्ता खानेकुरा सेवन गर्नुपर्छ, जो प्रकृतिले दिएको छ।

    जाडोमा व्यायाम:

    ताप वा न्यानो शरीरभित्रै छ। आगो तापेर वा हिटरमा बसेर शरीरलाई क्षणिक रुपमा तातो बनाउन सकिन्छ। यद्यपी त्यो भन्दा राम्रो उपाय भनेको शारीरिक गतिविधि हो। एकै ठाउँ बसेर आगो वा हिटर ताप्नु वा सिरकभित्र गुम्सिएर बस्नुभन्दा शारीरिक श्रम वा गतिविधि गर्नुपर्छ।

    व्यायामले पनि शरीरलाई न्यानो बनाउँछ। यद्यपी हृदय रोग लगायत कतिपय औषधी सेवन गरिरहेकाहरुले भने चिकित्सकको परामर्श लिनुपर्छ।

    जाडोमा एकदमै बिहान घर बाहिर निस्कनु राम्रो मानिदैन। खासगरी काठमाडौंमा चिसोको मौसममा वायु प्रदूषणको खतरा बढी हुने गर्छ। बिहानको समयमा जमिनको सतहमा धूलो-धूँवा थेगि्रएर रहने भएकाले बिहानै मर्निङवाक गर्न नहुने चिकित्सकहरुले सुझाव दिने गरेका छन्।

    घाममा बसौं:

    साँझ वा बिहानको घाममा बसौं।, यसले भिटामिन डि प्राप्त हुन्छ। शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने अर्को माध्यम भनेको भिटामिन डी हो। शरीरको लागि निकै महत्वपूर्ण मानिएको भिटामिन डीले शरीरमा रोगसित लड्ने क्षमता बढाँउछ।

    विहानको समयमा सुर्यको किरणमा केहीबेर बसेर वा भिटामिन डी युक्त खानेकुराको सेवनद्धारा शरीरमा हुने भिटामिन डीको कमीलाई पूरा गर्न सकिन्छ र शरीरलाई स्वस्थ बनाउन सकिन्छ।

    मह र अदुवाको सेवन:

    जाडोमा मह र अदुवाको मिश्रण निकै उपयोगी हुन्छ। अदुवा मिसाएर तताएको पानीमा मह घोलेर पिउनुपर्छ, स्वास्थ्यलाई राम्रो गर्छ यसले श्वासप्रश्वास सम्वन्धि समस्याहरुलाई सजिलै हटाउँछ। यो मिश्रणले हाम्रो शरीरमा रगतको प्रवाह तथा हाम्रो प्रतिरोधक क्षमतालाई बढाउनुका साथसाथै क्यान्सरजस्तो डरलाग्दो रोगबाट पनि बचाउ गर्छ।

    अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुपर्छ, स्वास्थ्यमा निकै फाइदा गर्छ। तुलसीको चिया बनाउनका लागि पात चाहिन्छ। त्यसलाई सुकाएर चूर्ण बनाउनुपर्छ। त्यसमा राम्ररी पिसेको मरिचको चाहिन्छ।

    सुख्खा अदुवाको धुलो मिसाउनुपर्छ। अब यो मिश्रणलाई तातो पानीमा उमाल्नुपर्छ। राम्ररी उम्लिएपछि पाँच मिनेटजति ढक्कनले छोप्नुपर्छ। त्यसमा एक सय ग्राम जति शख्खर हालेर सेवन गर्नुपर्छ यसले चिसो लागेको, टाउको दुखेको, नाक बन्द भएको, पिनास, श्वास नली बन्द भएको समस्यामा ठीक गर्छ।

    कसरी नुहाउने?

    जाडोमा कसरी नुहाउने? धेरैका लागि चिन्ताको विषय हुन्छ तातो पानीले नुहाउनुपर्छ, तर केसलाई यसले रुखो बनाउँछ। छालाको लागि पनि धेरै तातो पानी उपयुक्त मानिदैन। त्यस्तै धेरै चिसो पानीले पनि छालालाई राम्रो गर्दैन। त्यसैल, नुहाउनको लागि मनतातो पानीको व्यवस्था गरौ। त्यसमा केहि मात्रामा नुन, तुलसीको पात राखौं। यस किसिमको मिश्रण भएको पानीले नुहाउँदा पनि रोगसँग लड्ने क्षमता बढाउँछ।

    नुहाइसकेपछि शरीरको मालिस गरौं। आयुर्वेदमा प्रतिदिन आत्म-मालिसलाई प्रतिरक्षा बढाउने सबैभन्दा राम्रो विधि मानिन्छ। सूर्यमुखी वा तिलको तेल उपयोग गर्दा मांसपेशी बलियो हुन्छ। मसाजले रक्तसंचार पनि बढाउँछ जाडोको लागि एकदमै उपयोगी कुरा हो।

    केसको सौन्दर्यका लागि:

    जाडोमा हामी टोपी लगाउँछौ। टोपीले कपाल गुम्साउँछ। यसले पनि कपाललाई कमजोर बनाउँछ। त्यसमाथि चायाँको प्रकोपले थप सताउँछ। चायाँको कारण टाउको चिलाउने मात्र होइन, कपालको सौन्दर्य नै हराउँछ। यसबाट बच्नका लागि केहि घरेलु विधी अपनाउन सकिन्छ।

    मह कपालका लागि एकदमै लाभप्रद हुन्छ र जैतुनको तेलको प्रयोगबाट कपाललाई मजबुतिका साथै चमक पनि प्राप्त हुन्छ।