चैतन्य डान्सिङ आइडल चौथौँ सिजन सम्पन्न सिनियरतर्फ सृष्टि र जुनियर तर्फ इसानी प्रथम - Chaitanya News
  • 2026-05-01
  • 14:17:39
  • शुक्रबार,बैशाख १८, २०८३
  • चैतन्य डान्सिङ आइडल चौथौँ सिजन सम्पन्न सिनियरतर्फ सृष्टि र जुनियर तर्फ इसानी प्रथम

    चैतन्य डान्सिङ आइडल चौथौँ सिजन सम्पन्न सिनियरतर्फ सृष्टि र जुनियर तर्फ इसानी प्रथम

    धनगढी –शिक्षा र संस्कारको सङ्गम वेद र विज्ञानको संयोजन प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशाला भन्ने मूल भाव बोकेको चैतन्य पाठशालाले आफ्ना प्रमुख वार्षिक कार्यक्रममध्ये रहेको चैतन्य डान्सिङ आइडल सिजन चार सम्पन्न गरेको छ।
    कार्यक्रममार्फत विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, आत्मविश्वास, सांस्कृतिक पहिचान र सिकाइलाई कक्षा बाहिर व्यवहारिक रूपमा विस्तार गर्न मद्दत पुग्ने विश्वास विद्यालयले लिएको छ ।

    कार्यक्रममा सुदूरपश्चिममा सिनेमा क्षेत्रका वरिष्ठ चलचित्रकर्मी तथा सुपका पहिला नायक अम्बिका आचार्य विशेष अतिथि एवं प्रमुख प्रेरक व्यक्तित्वको रूपमा उपस्थित रहेका थिए । त्यस्तै नृत्य क्षेत्रमा आफ्नो फरकै पहिचान बनाउन सफल नृत्य निर्देशक पुष्पा बडैला समेत कार्यक्रममा प्रेरक उपथितिको रूपमा रहेकी थिइन ।
    कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गर्दै पाठशालाका निर्देशक कटक बहादुर सिंहले पाठशालाले बेलाबेलामा विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा संलग्न गराउँदै विद्यार्थीहरूको प्रतिभालाई प्रस्फुटन गर्ने गरेको र यो कार्यक्रमले बालबालिकाहरूमा नृत्यकलाको थप विकास गर्ने भनाई व्यक्त गरे ।
    आइडलमा सिनियरतर्फ कक्षा ११ मा अध्ययनरत सृष्टि देउवा प्रथम कक्षा ६ की आयान्सी शाह द्वितीय र कक्षा ९ की रिदिमा शाह तृतीय भएकी छन् । जुनियरतर्फ भने कक्षा ५ की इसानी बोगटी प्रथम, कक्षा ४ की हिमसिखा पौडेल र द्वितीय र कक्षा ५ की केबिना बोगटी तृतीय भएकी हुन् ।

    कार्यक्रममा बोल्दै चलचित्रकर्मी तथा नायक आचार्यले कार्यक्रममा सुदूरपश्चिमको सांस्कृतिक पहिचान, सहित विद्यार्थीको आन्तरिक क्षमताको विकास गर्ने बताए । साथै सुदूरपश्चिममा चलचित्र नयाँ क्षेत्रमा आयाम थप्ने उद्देश्यका साथ चलचित्र स्टुडियो सञ्चालनमा आउँदै गरेको र त्यसमा समेत चैतन्य पाठशालाका विद्यार्थी हरूलाई उचित स्थान दिने बताए ।

    यस्ता गतिविधिहरू केवल प्रतिस्पर्धाका लागि मात्र नभई भावनात्मक बुद्धिमत्ता, मूल्य, सांस्कृतिक समझ र जीवन उपयोगी सीप विकासमा योगदान पु¥याउने भएकाले यसलाई आगामी दिनमा अझ प्रभावकारी ढङ्गले विस्तार गरिँदै जाने पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए ।
    कार्यक्रमको निर्णायकको रूपमा खगेन्द्र बिसी र अविसेक चौधरी रहेका थिए ।