जाडोमा कसरी रहने स्वस्थ ? यी हुन् प्राकृतिक उपाय - Chaitanya News
  • 2026-06-26
  • 01:29:57
  • बिहिबार,आषाढ ११, २०८३
  • जाडोमा कसरी रहने स्वस्थ ? यी हुन् प्राकृतिक उपाय

    जाडोमा कसरी रहने स्वस्थ ? यी हुन् प्राकृतिक उपाय

    हामी अब मध्य जाडोमा प्रवेश गर्ने क्रममा छौं। यो जाडोमा आफूलाई स्वस्थ राख्न सबैले आवश्यक सावधानी अपनाउनु आवश्यक छ।

    जाडोमा हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ र यसलाई बढाउनका लागि केहि प्राकृतिक विधी अपनाउन सकिन्छ। यसले प्राकृतिक रुपमै हामीलाई न्यानो राख्छ। बाह्य जाडोबाट शरीरलाई बचाउँछ। रोगसँग लड्ने क्षमता बढाउँछ।

    यसरी नुहाउने:

    जाडोमा पनि नुहाउन त पर्छ नै। तर, नुहाउने विधीमा सुधार गरौं। जस्तो कि, नुहाउनको लागि मनतातो पानीको व्यवस्था गरौ। त्यसमा केहि मात्रामा नुन, तुलसीको पात राखौं। यस किसिमको मिश्रण भएको पानीले नुहाउँदा पनि रोगसँग लड्ने क्षमता बढाउँछ।

    तातो तेलले मालिस:

    नुहाइसकेपछि शरीरको मालिस गरौं। आयुर्वेदमा प्रतिदिन आत्म(मालिसलाई प्रतिरक्षा बढाउने सबैभन्दा राम्रो विधि मानिन्छ। सूर्यमुखी वा तिलको तेल उपयोग गर्दा मांसपेशी बलियो हुन्छ। मसाजले रक्तसंचार पनि बढाउँछ। जाडोको लागि एकदमै उपयोगी कुरा हो।

    तातो खाना:
    जाडोमा खाइने खानाले पनि स्वास्थ्यसँग सम्बन्ध राख्छ। जाडोमा तातो र हल्का भोजन गर्नु प्रतिरक्षा बढाउने राम्रो तरिका हो। किनकी यसले ब्याक्टेरियाबाट लड्न मद्दत गर्छ। मौसम परिवर्तनको समयमा हल्का र तातो भोजनले प्रतिरक्षा प्रणालीलाई एक तह माथि लैजान्छ।

    पर्याप्त निद्रा:
    आयुर्वेदमा पर्याप्त निद्रालाई सबैभन्दा राम्रो मानिएको छ। जाडो मौसममा कुनै व्यक्तिका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ ताकि प्रतिरक्षा क्षमता वृद्धि हुन सकोस।

    आयुर्वेदिक जडीबुटी:
    आफ्नो खानामा अश्वगन्धा, अमला, तुलसी, त्रिफला जस्ता जडिबुटीहरुलाई समावेश गर्नु लाभदायक हुन्छ। यी जडिबुटीलाई चियाका रुपमा पनि प्रयोग गर्न सकिन्छ। यी जडिबुटीहरुले हाम्रो शरीरको प्रणाली रोग प्रतिरोधी क्षमतालाई बढाउन मद्दत गर्छ जसले प्रतिरक्षा बढाउँछ।

    खानामा मसला:
    खानामा केहि मसला मिश्रण गर्नु पनि जाडोमा लाभदायक हुन्छ। यसले शरीरको प्रतिरक्षा क्षमता बढाउनमा सहयोग गर्छ। जीरा, बेसार, धनिया, अदुवा र मरिच जस्ता मसला आफ्नो दैनिक आहारामा समावेश गर्न सकिन्छ। यसले रुँघा तथा फ्लुको समस्या रोक्छ।

    चिसो पेयबाट बच्नुस:
    डाक्टरका अनुसार चिसो खाना र चिसो पेय पदार्थले पाचन रसको प्रभावलाई कम गर्छ। यसबाट विषाक्त पदार्थको निर्माणमा वृद्धि हुन्छ। त्यसैले यस मौसमका दौरान प्रतिरक्षा प्रणालीमा सुधारका लागि चिसो खाद्य पदार्थ र पेय पदार्थको सेवन बन्द गरौं।