यस्तो छ तपाईको आजको राशिफल - Chaitanya News
  • 2026-05-13
  • 03:44:12
  • मंगलबार,बैशाख २९, २०८३
  • बृष– ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

    आफ्नो विचार विपरित निर्णय हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । प्रेममा मनमुटाव आउन सक्छ, तर स्वादिष्ट भोजनको अवसर मिल्नेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।

    मिथुन– का,की,कू,घ,ङ,छ,के,को,हा

    दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् ।

    कर्कट– ही,हू,हे,हो,डा,डी,डु,डे,डो

    प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

    सिहं– मा,मी,मू,मे,मो,टा,टी,टू,टे

    स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ ।

    कन्या – टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

    श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ । कुनै कुराले मनमा शान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । पुराना शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

    तुला– रा,री,रु,रे,रो,ता,ती,तू,ते

    आफन्तसँग असमझदारी एवं पतिपत्नीमा अविश्वास बढ्ने सम्भावना छ । पहिलेका कामबाट आम्दानी भइरहनेछ । व्यवसायमा पनि फाइदै हुनेछ । तर, यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।

    बृश्चिक–  तो,ना,नी,नू,ने,नो,या,यी,यू

    समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ ।

    धनु– ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

    सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। शुभचिन्तकहरूले भने साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ ।

    मकर– भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

    समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र असमझदारीले आफन्तजन टाढिन सक्छन्।

    कुम्भ– गू,गे,गो,सा,सी,सू,से,सो,दा

    यात्राको साइत भने जुर्न सक्छ । कामको लागत बढ्न सक्छ । तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्ने सम्भावना छ । बलजफ्ती गर्ने बानीले साथीभाइ टाढा हुनेछन् ।

    मीन– दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

    अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ । समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । हिसाबकिताबमा सजग रहनुहोला । सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ ।तपाईको दिन शुभ रहोस्।