कार्यस्थल र शिक्षा क्षेत्रमा क्रोध व्यवस्थापनको प्रभावकारिता - Chaitanya News
  • 2026-04-30
  • 15:52:49
  • बिहिबार,बैशाख १७, २०८३
  • कार्यस्थल र शिक्षा क्षेत्रमा क्रोध व्यवस्थापनको प्रभावकारिता

    कार्यस्थल र शिक्षा क्षेत्रमा क्रोध व्यवस्थापनको प्रभावकारिता

    तोमनाथ उप्रेती:

    सम्वेगात्मक वौद्धिकता आत्म–ज्ञान, आत्म–नियन्त्रण, सहानुभूति र भावनाको उचित व्यवस्थापनमा आधारित मानसिक क्षमतालाई जनाउँछ । यसका मुख्य अवयवमध्ये क्रोध व्यवस्थापन अत्यन्त महत्त्वपूर्ण छ। क्रोध प्राकृति कमानवीय प्रति क्रिया हो , जसले अन्याय, निराशा वा हानिको अनुभव हुँदा सचेत गराउँछ। तर यदि यो नि यन्त्रण बाहिर गएमा , यसले व्यक्तिको वाणी , व्यवहा र र निर्णयर्ण क्षमतालाई नोक्सान पुर्‍याउँछ।

    दार्शनिर्शनिक दृष्टिले क्रोध व्यवस्थापन क्रोधलाई दबाउने होइन, बरु यसलाई बुझेर, चेतना को प्रकाशमा राखेर यसको ऊर्जा र संकेतलाई सकारात्मक र उद्देश्यपूर्ण दिशामा रूपान्तरण गर्ने अभ्यास हो। यसले व्यक्तिलाई आवेगात्मक प्रति क्रिया माहोइन, विवेक र समाधानमा केन्द्रित रहन सिकाउँछ। क्रोधमा निसको प्राकृति कभावना हो , तर यसलाई अनियन्त्रित रूपमा व्यक्त गर्दा व्यक्तिगत, सामाजिक र पेशागत जीवनमा नकारात्मक परिणाम उत्पन्न हुन्छ। विशेषगरी कार्यस्थल र शिक्षा क्षेत्रमा , जहाँ मानिसहरूबीच प्रत्यक्ष अन्तरक्रिया हुन्छ, क्रोधको असंयमले वा ता वरणमा तनाव, असहकार्य र मनोवैज्ञानिक अस्वास्थ्यकर अवस्था सिर्जनार्जना गर्न सक्छ। त्यसैले क्रोध व्यवस्थापन (Anger Management) एक महत्वपूर्ण जीवन कौशलको रूपमा आवश्यक हुन्छ।

    शैक्षिक वा तावरणमा , शिक्षक, विद्यार्थी र अभिभावकबीचको अन्तरक्रियामा क्रोध अनियन्त्रित भएमा सिकाइको गुणस्तर घट्छ। उदाहरणका लागि , विद्यार्थीले पाठशालामा असावधानी वा कमजो र प्रदर्शनर्श देखाउँदा शिक्षकले क्रोध व्यक्त गरेमा विद्यार्थीमा डर, आत्मसम्मान ह्रास र मानसिक दबाब बढ्न सक्छ। यसले सिकाइ प्रक्रियामा बाधा पुर्‍याउँछ र शिक्षक–विद्यार्थी सम्बन्धमा दूरी सिर्जना गर्छ। यस्ता परिस्थितिमा क्रोध व्यवस्थापनका उपायहरू—जस्तै गहिरो श्वासलिनु, मानसिक विश्राम अभ्यास, समयावधि लिनु र सकारात्मक संवादले शिक्षक र विद्यार्थी दुवैदुवैलाई भावनात्मक सन्तुलन कायम राख्न मद्दत गर्छ।

    कार्यस्थलमा , क्रोध अनियन्त्रित हुँदा सहकर्मीबीच विवाद, असहकार्य र उत्पादकत्वमा गिरावट हुन्छ। उदाहरणका लागि , परियोजना समयमै सम्पन्न नगरेको कारणले प्रबन्धकले क्रोध व्यक्त गर्दा टोलीको मनोबल घट्छ। यस्ता परिस्थितिमा क्रोध व्यवस्था पनको प्रभावकारी अभ्यास जस्तै भावनाको पहिचान, प्रतिक्रिया पहिले सोच्नु, समस्या –समाधान दृष्टिकोण अपनाउनु र ध्यानयोगले पेशा गत सम्बन्ध सुदृढ पार्छ तनाव कम गर्छ।

    दार्शनिर्शनिक दृष्टिले, क्रोध व्यवस्थापन नकारात्मक भावना दबाउने अभ्यास होइन् यो चेतना लाई सक्रिय बनाउने कला हो। अरूको दृष्टिकोण बुझ्ने क्षमता , आत्मसमीक्षा र भावनात्मक विवेकले व्यक्ति स्वयंमा नियन्त्रण र स्थिरता ल्याउँछ। विशेष गरी शिक्षण प्रशिक्षण र नेतृत्व क्षेत्रहरूमा , यसको अभ्यासले मात्र दीर्घकालीन सम्बन्ध, विश्वास र मानसिक सन्तुलन सुनिश्चित गर्न सक्छ। गीता दर्शनको विचार अनुसार, “क्रोधा त्भवति सम्मोहः ” — क्रोधले भ्रम र अनियन्त्रित सोच उत्पन्न गर्छ। त्यसैले, विवेक, आत्मसमीक्षा र मानसिक अनुशासनको बलले मात्र क्रोधलाई नियन्त्रण र सकारात्मक कार्यमा परिणत गर्न सकिन्छ। सम्वेगात्मक वौद्धिकता अभ्यास गर्ने व्यक्तिले क्रोधलाई नकारात्मक आवेगको रूपमा होइन, चेतनाको मार्गदर्शनमा आत्मसुधार र परिस्थितिको समाधानमा प्रयोग गर्न सक्षम हुन्छ। यही अभ्यासले व्यक्तिको मानसिक सन्तुलन, सामाजिक व्यवहार र दार्शनिर्शनिक विवेकलाई बलियो बनाउँछ।

    शिक्षा र कार्यस्थलमा क्रोध व्यवस्थापन व्यक्तिगत कल्याण मात्र होइन, संगठनात्मक सफलता र सामाजिक समरसता सुनिश्चित गर्ने आधा र हो। भावनात्मक सन्तुलन, सहिष्णुता र सकारात्मक संचारले कार्यक्षेत्रमा उत्पादकता , विद्यार्थी शिक्षक सम्बन्ध र सहकर्मी सहकार्य सुदृढ गर्छ। आधुनिक समाजमा , जहाँ समय, दबाब र अपेक्षा उच्च छन्, क्रोध व्यवस्थापनका दक्षता जीवन र पेशागत दुवै क्षेत्रमा प्रभावकारी नेतृत्व र मानसिक स्वास्थ्यको मूल आधार बनेका छन्।

    क्रोध नकारात्मक भावना होइन् दर्शनिक दृष्टिले हेर्दा , यो चेतना र परिवर्तनको सम्भावना पनि हो। जब क्रोधलाई विवेकपूर्ण तरिकाले व्यवस्थापन गरिन्छ, तब यो व्यक्तिगत विकास र सामाजिक सुधारको स्रोत बन्न सक्छ।

    गौतम बुद्धले क्रोधलाई आगो सँग तुलना गरेका छन् । यसले पहिलो व्यक्तिलाई नै जलाउँछ। यसले देखाउँछ कि क्रोध बाह्य व्यक्ति वा परिस्थिति विरुद्ध होइन, आत्म विनाशको जोखिम पनि बोकेको हुन्छ। त्यसैले क्रोधको क्षणमा गहिरो सास लिने, भावनालाई अवलोकन गर्ने र विवेक प्रयोग गर्ने अभ्यास आवश्यक छ।

    रिस वा क्रो प्राकृतिक भावनाको एक रूप हो। प्रत्येक व्यक्तिमा समय सापेक्ष रूपमा उत्पन्न हुने यो भावना जीवनको अनिवार्य हिस्सा हो। तर यसको असंयमित प्रकृति व्यक्तिगत र सामाजिक जीवनमा हानिकारक हुन्छ। अत्यधिक क्रोधले शारीरिक रोग (जस्तै उच्च रक्तचाप, मुटु समस्या , अल्सर), मानसिक तनाव, पारिवारिक समस्या र पेशागत असफलता निम्त्याउँछ। रिसले मानिसको सोच्ने क्षमता कम गर्छ, विवेकलाई प्रभावित पार्छ र सामाजिक दृष्टिले उसको विश्वासनीयता घटाउँछ।

    क्रोधको उत्पत्ति अक्सर व्यक्तिगत घृणा असन्तोष, उपेक्षा वा सामाजिक अन्यायबाट हुन्छ। धेरैजसो व्यक्तिहरूले आफूलाई अवहेलित वा कमजो र महसुस गर्दा क्रोधको माध्यमबाट अस्तित्व प्रदर्शन गर्न खोज्छन्। दर्शनिक दृष्टिले, यसलाई बुझ्नु आवश्यक छ । क्रोध विरोधको अभिव्यक्ति मात्र होइन् यो चेतना र सुधारको संकेत पनि हो। यदि व्यक्ति क्रोधको वास्तविक कारण पहिचान गरेर यसलाई नियन्त्रण र सकारात्मक दिशा प्रदान गर्न सक्छ भने, यो आत्मसुधार र सत्कर्मको मार्गमा परिणत हुन्छ।

    मानव अनुभवले देखाउँछ कि असंयमित क्रोधले सम्बन्धमा दूरी, झगडा र हिंसात्मक प्रतिक्रिया निम्त्याउँछ। व्यक्तिहरूले क्रोधका क्षणमा बोल्ने वा गर्ने कुरा मा पछुतो अनुभव गर्छन्। यहाँ दर्शन र व्यवहारको सम्बन्ध देखिन्छ स्वयंअवलो कन, धैर्य, विवेकपूर्ण प्रतिक्रिया र सम्वेगात्मक बुद्धि मत्ताले मात्र क्रोध व्यवस्थापन सम्भव हुन्छ।
    क्रोध नकारात्मक होइन, चेतना को अवसर हो। दर्शनिक अभ्यासले हामीलाई सिकाउँछ कि क्रोधलाई बुझ्ने, स्वीकार्ने र सकारात्मक रूपान्तरण गर्ने क्षमता नै आन्तरिक शान्ति , विवेक र आत्मविकासको आधा र हो।
    प्रायः जसो परिस्थिति अनुसार रिस ब्यक्त गर्नु स्वस्थवर्धक प्रतिकृया नै हुन सक्छ। तर बारम्बार अत्यधिक मात्रामा धेरै समयसम्म रिस उठ्ने, उग्र हुने, रिसको अभिव्यक्ति नियन्त्रण बाहिर जान थाल्यो भने यस्ले हाम्रो मानसिकतामा र शरीरमा प्रति कूल असर पुर्या उन सक्छ।

    यसले गम्भीर, विनाशकारी समस्याहरू सिर्जना गर्न सक्छ। काममा , ब्यवहारमा र आपसी सम्बन्धमा प्रति कूल असर पारी जीवनको स्तरलाई कमजोर पार्न सक्छ। क्रोध वारिस प्राकृतिक भावना हो , तर यसको असंयमि त अभिव्यक्तिले व्यक्तिगत र सामाजिक जीवनमा हानी पुर्‍याउँछ। रिस उठ्दा पहिलो कदम यो स्वीका र गर्नु हो कि म अहिले रिसाएको छु। रिसलाई अस्वीकार गर्नु वा दबाउनुको सट्टा यसको अस्तित्वलाई मान्यता दिनाले मात्र
    आन्तरिक तनाव कम हुन्छ। “आँखा देखिन्न” भन्ने भनाइ अनुसा र, रिसको बेला स्थिति अस्पष्ट देखिन सक्छ। तर यसला ईस्वीकार गर्नु नै साँचो दृष्टि हो।

    रिस कम गर्न सरल तरिकाहरू प्रयोग गर्न सकिन्छ। उदाहरणका लागि , रिसको झोंकमा अंक उल्टो गन्नु, लामो र गहिरो श्वास तान्नु, विभिन्न क्रियाकलापमा लगाउनु उपयोगी हुन्छ। यसले मानसिक ध्यान हटाएर आवेग कम गर्न मद्दत गर्छ। साथै, रिस कम भएपछि आफ्नो विश्वा सिलो साथीलाई अनुभव साझा गर्दा मन हल्का हुन्छ र सम्बन्धमा सका रात्मकता कायम रहन्छ। धैर्य र मौनता पनि क्रोध नियन्त्रणका महत्वपूर्ण अभ्यास हुन्। रिसको बेला तुरुन्त निर्णय लिनु वा बोल्नु घातक साबित हुन सक्छ। मौन रहने अभ्यासले नकारात्मक प्रतिक्रिया रोक्छ र विवेकपूर्ण प्रतिक्रिया सुनिश्चित गर्छ। दैनिक ध्यान, प्राणायाम, प्रार्थना र पूजापाठले पनि मानसिक शान्ति र भावनात्मक स्थायित्व प्रदान गर्छ। पूर्ण मनो योग र ध्यानका साथ गर्ने अभ्यास मात्र प्रभा वकारी हुन्छ। शारीरिक व्यायाम, हल्का डुल्नु वा मनपर्ने गति विधि मा ध्यान केन्द्रित गर्नु पनि रिस व्यवस्था पनमा सहयोगी हुन्छ। अत्यधिक रिस उठ्दा चलचित्र हेर्नु, मनपर्ने पुस्तक पढ्नु वा संगीतमाथि ध्यान दिनु लाभदायी हुन्छ। यसले मानसिक तनाव घटाउँछ र मनो वैज्ञानिक राहत दिन्छ।
    माफ गर्ने अभ्यास पनि क्रोध नियन्त्रणमा महत्वपूर्ण छ। पारिवारिक कलह वा विवादका कारण उत्पन्न रिसलाई लामो समय भित्र राख्नुले मानसिक भार बढाउँछ। अर्को लाई माफ गरेपछि मन हल्का हुन्छ र सम्बन्धमा शान्ति कायम रहन्छ। खुला हासो , रमाइलो कुराकानी वा हल्का मनोरञ्जन पनि क्रोध कम गर्न मद्दत गर्छ।
    रिस व्यवस्था पन आत्म–सुधारको प्रक्रिया मात्र होइन् यो सामाजिक सम्बन्ध र व्यक्ति गत स्वास्थ्यको पनि आधार हो। शान्त बस्नु, ध्यान मोड्नु, भावनाको स्वीकृति दिनु, र सकारात्मक क्रियाकलापमा ध्यान केन्द्रित गर्नु नै क्रोध नियन्त्रणका सहज र प्रभावकारी उपायहरू हुन्।

    (उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)