यस्तो छ तपाईंको आजको राशिफल - Chaitanya News
  • 2026-05-13
  • 04:36:04
  • मंगलबार,बैशाख २९, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    मेष राशि भएकाहरूका आज समय शुभ छ। पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ। सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ।

    बृष– इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    वृष राशि भएकाहरूका लागि आज समय शुभ छ। व्यापार व्यवसाय राम्रो हुनेछ। आर्थिक लगानी बढाउन अनुकूल छ। नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, ह
    आज मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छ। दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन। आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ। घरपरिवारमा राम्रो छ। बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्ने । प्रतिष्ठित काम गर्ने मौका छ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आज कर्कट राशिका लागि आज समय खराब रहनेछ। तपाईंको राशिमा चन्द्रमाले साँझपखबाट प्रवेश गर्ने भएकाले उत्साह र उमङ्ग बढ्नेछ। तर आज दिउसोको समयमा भने धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ। नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ। व्यापार व्यवसायबाट फाइदा मिल्ने छैन।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आज सिंह राशि भएकाहरूका लागि आज समय शुभ छ। पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ। मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ। देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला। नोकरी गर्नेले मानसम्मान पाउने छन।

    कन्या– टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    कन्या राशि भएकाहरूका लागि आज समय शुभ छ। काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ। नवीन रोजगारीको सम्भावना छ। प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ। धैर्यधारण गरी परिश्रम गर्ने दिन हो। मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ।

    तुला– र, रि, रु, रे, रो, ता, ति, तु, ते
    तुला राशि भएकाहरूका लागि आज समय शुभ छ। दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ। पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ। ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। व्यापार फस्टाउने छ। आम्दानीमा कमी हुने छैन। सानो प्रयासले रोकिएको काम बन्नेछ। पारमार्थिक काममा खट्नु पर्ने समय छ।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन। कडा परिश्रम व्यर्थै खेर जान सक्छ। सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ। कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ। बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ।

    धनु– ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    धनु राशिका लागि आज समय शुभ छ। घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ। मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ। प्रेमको बन्धनमा बाँधिने बेला छ। परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ। स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ।

    मकर– भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    मकर राशि भएकाहरूका लागि समय शुभ छ। शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ। मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ। आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, द
    कुम्भ राशिका लागि आज समय शुभ छ। ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ। मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन। बन्दव्यापारबाट लाभ मिल्नेछ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    मीन राशि भएकाहरूका लागि आज समय खराब रहनेछ । घरपरिवारभित्रका विविध समस्यामा रुमल्लिनु पर्ने छ। आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाडका विषयमा केन्द्रित हुने दिन छ। घरबाहिर बस्नेका लागि वा वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ।