निर्मला कडायत:
काठमाडौं– भदौ २२ शान्त थियो। तर, २३ गते देश एकाएक रणमैदानमा परिणत भयो। सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल फेसबुकलगायतमाथि प्रतिबन्ध लगाउँदा युवाहरु आक्रोशित बने। उनीहरूले राजधानी काठमाडौंलगायत देशभर प्रदर्शन गरे। बिहानी पखको र्याली शान्तिपूर्ण नै थियो। तर, जब र्याली नयाँवानेश्वरस्थित संसद भवन पुग्यो आन्दोलनले फरक मोड लियो।
प्रदर्शनकारी युवा– विद्यार्थीले संसद् भवन प्रवेशको प्रयास गरे। प्रहरीले उनीहरूलाई रोक्न खोज्यो। त्यही क्रममा गोली चल्यो। गोली लागेर २३ भदौमा १९ जनाले ज्यान गुमाए। सयौं विद्यार्थी घाइते भए। दोस्रो दिन आक्रोस थपियो। र, अवस्था भयावह बन्यो। आक्रोशित भिडमा घुसपैठ भयो। संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायत देशका धरोहरलाई खरानी पार्ने काम भयो। हेर्दा हेर्दै देश २४ गतेको आन्दोलनमा एकैछिनमा खरानी भयो।
२३ गतेको आन्दोलनमा जेनजी अभियान्ता रक्षा बमले भिडलाई आक्रोसित नहुन माइकिङ गरेकी थिइन्। उनले रुख बिरुवा नभाच्न, सार्वजनिक सम्पत्ति नष्ट नगर्न, होहल्ला, तोड्फोड्, आगजनी नगर्न आग्रह गरेकी थिइन्। तर, आन्दोलनमा भएको घुसपैठले परिस्थिति फरक बनिदियो। उनले भनेकी थिईन् हामी फोहोर गदैनौं। हामी द्वन्द्व र आक्रमण गर्दै। हामी शान्तिपूर्ण तरीकाले आवाज उठाउँछौं। हामी धम्की र गाली गलोज गर्दैनौं। सभ्य र जिम्मेवार तरीकाले अगाडी बढ्छौं। हामी राजनीतिक दलको एजेण्डा बोकेर आउँदैनौं। नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिन्छौं, जेनजीको अभिव्यक्ति बेर्थ बन्यो।
आन्दोलन माइतीघरबाट बानेश्वरतर्फ बढ्दै गर्दा १० बजेर ५२ मिनेटमा भिड बबरमहल पुग्छ। भीडले नेपाल टेलिकमको कार्यलय नजिक रहेको बिजुलिको पोलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर देख्छन्। तस्बिर देख्ने बित्तिकै केही युवा पोलमा चढेर तस्बिरलाई झिक्छन्। रक्ष बमलगात अभियान्ता भिडलाई आक्रोशित नहुन आग्रह गर्छन्। तर, पोलमा चढेका यवाले ओलीको तस्बिर च्यातछन्। र, भूँइमा झरेर कुल्चिन थाल्छन्। शान्तिपूर्ण भनिएको आन्दोलन त्यसपछि चक्रिन थाल्छ।
चक्रियको भिडपछि संसद भवनतिर लाग्छ। बिजुली बजारबाट संसद भनका लागि निस्किएको भिड झन उग्र हुन थाल्छ। तत्कालिन प्रधानमन्त्री ओलीविरुद्ध चर्को आवामा नारावाजी सुरु हुन्छ। भिड्मा अमितलगायतका व्यक्तिले पर नजाम भन्दै हातले लाइन बनाएर भिडलाई रोक्न खोज्छन्। तर, जोसले भरिएको ठूलो समूह अगाडी बढ्छ्। भिड एभ्रेष्ट होटल अगाडी रहेको प्रहरी व्यरिगेड नेर पुग्छ। प्रहरी व्यरिगेड अगाडी पुगेर एक छिन भीड रोकिन्छ। तेहीबाट प्रशासनले तोकेको निषेधित क्षेत्र सुरु हुन्थ्यो। प्रहरीसँग व्यरिगेड, सील र हेल्मेड थियो। तर, भिड यति बाक्लो थियो कि प्रहरी व्यारिगेड नै ढाल्यो। र, प्रर्दशन अघि बढ्यो।
आन्दोलनकारीले व्यारिगेड तोडेपछि प्रहरीले भिडलाई रोक्न पानीको फोहरा हान्छ। भिड ठूलो भएकाले पानीको फोहोराले असर गर्दैन। आन्दोलन तनावग्रस्त बन्ने संकेत देखेपछि अमितलगायतका जेनजी अभियान्ताहरुलू स्कुल कलेज पढ्ने साना बच्चलाई घर फर्किन भन्दै सम्झाउन थाल्छन्। उता प्रहरीले भने जेनजी आन्दोलन यसरी चक्रिन्छ भन्ने सोचेको पनि थिएन। यत्रो सङख्यामा भिड आउँछ भनेर कसैले अनुमानसमेत गरेको थिएन। त्यसपछि त्यो भिड सिधै बानेश्वारतर्फअघि बढ्छ।
यस्तै दिउसो १२ बजेको समयमा भिड बानेश्वरमा पुग्दै गर्दा केहीँ बाइक अस्वभाविक रुपले बानेश्वर आसपास आउन थाल्छन्। उनीहरूले भिडलाई झन उत्तेजित गर्छन्। त्यसै बेला एउटा अर्को भिड बानेश्वरको उत्तर पट्टीको रोडबाट पनि निस्किन्छ। जहाँ संसद भवनको पानी ट्याङकी छ। यता तीन कुनेबाट पनि अर्को भिड आउँछ। शंखमूलबाट पनि एउटा भिड आउँछ। यो सबै ठाउँबाट आएको भिड् चारैतर्फ फैलिन्छ। भिडलाई रोक्न यातायात कार्यलयको भवनबाट प्रहरीले अश्रु ग्यास फाल्छ। तर, पनि भिडले झन उग्र रुप लिँदै जान्छ।
त्यसपछि प्रहरीलाई प्रेसर बढन् थाल्छ। भिडलाई कन्टोल गर्न नसकेर भिड संसद भवनभित्र छिर्छ। त्यसपछि प्रहरीले पनि अन्धाधुन्ध अश्र ग्यास फाल्न थाल्छ। अमितले यो सब नजिकबाट नियालिरहेका हुन्छन्। अमितले आफ्ना साथिहरूलाई सम्पर्क गर्न खोज्दा फोनमा नेटवर्क हुँदैन। यता उता बझ्दा कसैको फोनमा पनि सिग्नेल आएको हुँदैन। यस्तो लाग्दै थियो कि त्यो बानेश्वर क्षेत्रमा नेटवर्क नै अबरुद्ध गरिएको थियो। पछि प्रहरीले माइकिङ र लाठि चर्जा गरेर स्थितिलाई नियन्त्रण गर्न खोज्दै थियो। तर, भिडको अघि प्रहरीको लाठिले काम गर्न सकेन।
यस्तै दिउसो १२ बजेर ३० मिनेट तिर बानेश्वर आसपासको क्षेत्रमा बेलुका १० बजेसम्मको लागि कर्फ्यू आदेश जारी हुन्छ। तर, जेनजी भिडले कर्फ्यूबारे जानकारी नै पाएको हुँदैन। आन्दोलन झन चक्रिदै जान्छ। केही समयपछि संसद भवनको भित्रबाट हवाई फायरको आवाज आउँछ।
संसद भवनभित्र नेपाल प्रहरीको स्पेसल तास प्रहरी फोसले एसेलार जस्तो राइफल प्रयोग गरेर अन्धा धन्दा फाइरिङ गर्छ। यहीँ बेला दैलेखका प्रकाश बोहोर संसद भवनको दक्षिण पट्टीको वाल अगाडि उभिएका हुन्छन्। तेही बेला उनको खुट्टामा गोलि लाग्छ र मान्छेहरूले उनलाई हतार हतार अस्पताल लिन्छ। तर, उनको रगतले लतपत्तिएको जुत्ता भने तेही संसद भवन अगाडी नै छुट्छ। र, यहाँबाट आन्दोलनले जेनजी बिद्रोहको रुप लिन्छ। तर, प्रहरी भने यतिमै रोकिँदैन। संसद भवन गेट अगाडिबाटै गोली लागेर कयौं युवाहरू तत्कालै ढल्छन्। ढलेका युवालाई तुरुन्तै तेही अगाडि भएको सिभिल हस्पिटल लगिन्छ। बानेश्वरक्षेत्र रगतले भरिन्छ ।
तर पनि सरकारको आतङकबाद रोकिदैन। आन्दोलनकारी जेनजी युवाहरु आफ्नो ज्यान बचाउन सिभिल हस्पिटल भित्र छिर्छन। तर प्रहरीले हस्पिटल भित्र नै उनिहरुलाई लाटि, अश्र’ ग्यास र गोलि प्रहार गर्छ। र बाहिर पनि प्रहरीहरुले संसद भवनका प्रहरी पोष्ट जहा सबैभन्दा अग्लो हुन्छ र बानेश्वरको सबै क्षेत्रमा गोलि पुग्न सक्छ तेही ठाउमा गएर अन्धाधोन्दा तरिकाले गोलि प्रहार गरिरहन्छ। केही युवाहरु फुटपाटलाई कबर बनाएर प्रहरीको गोलिबाट बच्ने कोसीस गरिहन्छन्। तर यत्रो जोखिम हुदा पनि प्रहरीले गोलि वर्षाउन भने राक्दैन ।
यस्तै १–३० बजेतिर संसद भवनको गेट अगाडिका प्रहरीले आन्दोलनकारीलाई हात उठाएर अगाडि आउन निर्देशन दिन्छ। जब उनीहरू गेट अगाडी आइपुग्छन् प्रहरीले उनीहरूलाई ताकेर गोलि हान्छ। २३ गते दिनभर बानेश्वर क्षेत्र रणमैदान जस्तै हुन्छ।
राति पनि गल्लि गल्लिहरुमा गोलिहरु प्रहार भइरहन्छन् । र चेकिङको नाममा बाटोमा हिड्ने निर्दोष नागरिकलाई लागिचार्ज गर्छन। पछि राति बालुवाटावरमा मन्त्रिपरिषद्को बैठक बस्छ।
भदौ २४ गते आन्दोलन साम्य हुनुपर्नेमा धेरै युवाको ज्यान गुमेकाले थप आक्रोसित बन्यो। यति आक्रोसित बन्योकि प्रहरीले आत्मसमर्पण गर्नुपर्ने अवस्था आयो। मुख्य–मुख्य नेताहरु सहित संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत जस्ता धरोहर खरानी हुन्छन्। प्रहरीहरू आफ्ना कार्यालय छोडेर भाग्न पुग्छन्। यसरी हेर्दाहेर्दै देश केही बेरमा खरानीमा परिणत हुन पुग्छ।
“यति छोटो समयमा यति धेरै भवनमा आगजनी हुनु संगठनात्मक कौशल बिना सम्भव छैन,” एन्ड्रयू मूर एन्ड एसोसिएट्सका वरिष्ठ आगो अनुसन्धानकर्ता रिचर्ड ह्यागरका अन’सार “यस्तो कुरा हप्ता, यदि महिना दिन को समय लगाएर योजना बनाउनुपर्छ।”
२४ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिए। तुरुन्तै सरकार ढल्यो। नेपालको नोकरशाही खरानी भयो। काठमाडौं र यसका उपनगरमा ११० भन्दा बढी प्रहरी चौकीमा आगो लगाइयो, क्षति र व्यापारको हानिको हिसाब अझै भइरहेको छ, तर प्रारम्भिक अनुमानले यो नेपालको कुल गार्हस्थ उत्पादनको एक तिहाइभन्दा बढी भएको देखाएको छ ।
आगो अनुसन्धानकर्ताहरूले भवनहरूको कचरा नमूना परीक्षण, साक्षी अन्तर्वार्ता र भवनहरूको जाँचबिना भदौं २४ गते के भयो भनेर पुनर्निर्माण गर्न असम्भव भएको चेतावनी दिएका छन् । तर, यस्ता मामिलाहरू सामान्यतया सम्हाल्ने प्रहरी प्रयोगशालाले यो महत्त्वपूर्ण विश्लेषण गरेको छैन। यो आधिकारिक निष्क्रियता कुनै विशेष आदेशको परिणाम हो कि होइन, स्पष्ट छैन। तर, प्रत्येक दिनसँगै, नेपालको सरकार कसले, कसरी र किन आगजनी गर्यो भनेर पत्ता लगाउन विज्ञानले निर्धारण गर्न सम्भव हुने सम्भावना कम हुँदैछ।
प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारले ठूलो आगलागी र प्रदर्शनकारीहरूमाथि अत्यधिक बल प्रयोगको अनुसन्धानका लागि आयोग गठन गरेको छ। नेपाली व्यापार संगठनहरूले लगानीकर्ताको विश्वास पुनर्स्थापित गर्न तीव्र कारबाहीको आग्रह गरेका छन्। कसैले पनि आगलागीको जिम्मेवारी लिएको छैन, यद्यपि त्यसबारेका सिद्धान्तहरू आगोजस्तै फैलिएका छन्।
भदौं २४ गते भीड दुई घण्टाभित्र संसद्, सर्वोच्च अदालत हुँदै सिंहदरबार परिसरमा पुग्यो, जसमा पूर्व दरबार र करिब २० मन्त्रालयहरू थिए। भीड आइपुगेको आधा घण्टाभित्र मुख्य भवनबाट धुवाँ निस्कन थाल्यो, प्रत्यक्षदर्शीहरुले बताए । यस्तो तीव्र प्रज्वलन, भित्री सामग्रीले मात्र नभएर तीव्र ज्वाला, आगलागी विशेषज्ञहरूले भने अनुसार विशेष त्वरकहरू पहिल्यै राखिएको “आगोको विधि” द्धारा सिर्जना गरिएको थियो।
तस्बिरहरू हेर्दा, सोडियम वा म्याग्नेसियम वा अन्य रसायनहरू प्रयोग भएको शंका छ, किनभने आगलागीको आकार ठूलो थियो,”। “तर विश्लेषण बिना, निश्चित रूपमा केही भन्न सक्दैनौं।”
यी रसायनहरू नियन्त्रित पदार्थ हुन् र प्रयोग गर्न विशेषज्ञता चाहिन्छ। यिनलाई सजिलै किन्न सकिँदैन, जस्तै किरोसिनजस्ता सामान्य त्वरकहरू। तर ठूला भवनहरू जलाउन धेरै ग्यालन तरल इन्धन आवश्यक पर्छ।
सिंंह दरबार परिसरका माथिल्ला तलाका झ्यालहरू प्रदर्शनको समयमा खुला छोडिएका थिए।यो हावाले आगो फैलिन सहयोग गरेको हुन सक्छ, आगलागी विशेषज्ञहरूले भने। तर यो जानाजानी गरिएको थियो कि भनेर स्थलगत अनुसन्धान बिना निर्धारण गर्न सकिँदैन।
काठमाडौं र नेपालभरका सहरहरूमा, भीडले खुल्लमखुल्ला काम गर्यो। उनीहरूले अघिल्लो रात सर्कुलेसन भएको सूचीहरू पछ्याए। निशानामा नेपालका प्रमुख राजनीतिक व्यक्तिहरूका घरहरू थिए, जसमा तीन ठूला राजनीतिक दलहरू—नेपाली काँग्रेस, माओवादी र कम्युनिस्टहरूका शीर्ष नेताहरू थिए। तीभित्र गलत पहिचानका घटनाहरू पनि मिसिएका थिए। यी आगजनीकर्ताहरू इन्धनका कन्टेनर र कपडाको बत्ती भएको बोतलहरूबाट सशस्त्र थिए, साक्षी र हिंसाका सहभागीहरूले भनेका छन्। केहीले लठ्ठी, राइफल र कुक्री, स्थानीय घुमाउरो खंजर समेत बोकेका थिए।
देश खरानीमा परिणत भएको पनि दुई महिना वित्यो। तर, पुनर्निर्माणको कुनै गुञ्जायस देखिँदैन। खरानी झार्दै देश उठाउनु पर्ने बेला हो। तर, राजनीतिक दलको बोली, व्यवहार र शैली फेरिएको छैन। निर्वाचनका लागि भन्दै सुशीला कार्कीको नेतृत्वमा गठन भएको सरकारले पनि आफ्नै मन्त्रिमण्डललाई पूर्णता दिन सकेको छैन। सबै आफ्नै स्वार्थमा केन्द्रित देखिन्छन्। र, जेनजीहरूको पनि प्रस्ट मार्ग देखिएको छैन। खैरु यसरी त के बन्ला देश।