काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ।
यस्तै महाशाखाका अनुसार, आज राती कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ।
यसैगरी, भोलि दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक(दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ।