धनगढी – शिक्षा र संस्कारको सङ्गम वेद र विज्ञानको संयोजन प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशाला भन्ने मूल भाव बोकेको चैतन्य पाठशालाले आफ्ना प्रमुख वार्षिक कार्यक्रममध्ये रहेको चैतन्य फुड फेस्टिवल तथा चैतन्य सिङ्गिङ आइडल सिजन तीन सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रममार्फत विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, आत्मविश्वास, संवाद कौशल, सांस्कृतिक पहिचान तथा सहकार्यद्वारा सिकाइलाई कक्षा बाहिर व्यवहारिक रूपमा विस्तार गर्न मद्दत पुग्ने विद्यालयले विश्वास लिएको छ ।
कार्यक्रममा सुदूरपश्चिमको सांस्कृतिक पहिचान, देउडा गीत–सङ्गीतको प्रवद्र्धन र संरक्षणमा उल्लेखनीय योगदान पु¥याउँदै आएका वरिष्ठ देउडा गायक तथा सर्जक नरेन्द्रराज रेग्मी विशेष अतिथि एवं प्रमुख प्रेरक व्यक्तित्वको रूपमा उपस्थित रहनुभएको थियो । उहाँले यस्तो खालका कार्यक्रमहरूले भाषा, कला, सङ्गीत र सांस्कृतिक पक्ष बचाउन महत्वपूर्ण योगदान पु¥याउने बताउँदै चैतन्य पाठशालाले शिक्षासँगै संस्कार, पहिचान र सांस्कृतिक संरक्षणका क्षेत्रमा खेलेको भूमिकाप्रति आभार व्यक्त गर्नुभयो।
फुड फेस्टिवल अन्तर्गत चार समूहबिच प्रतिस्पर्धा भएकोमा प्रकृति समूह पहिलो बन्न सफल भएको छ । यो प्रतियोगिताले विद्यार्थीहरूमा पाककलाको सिकाइसँगै सहकार्य, अनुशासन र सामूहिक अभ्यासको संस्कारलाई अझ सुदृढ बनाउने विद्यालयको विश्वास रहेको पाठशालाका प्राचार्य प्रेमनिधि ओझाको भनाई रहेको छ ।
यस्तै सिङ्गिङ आइडलतर्फ सिनियरतर्फ कक्षा ८ मा अध्ययनरत प्रार्थना बिक प्रथम सोही कक्षाका उमेश ढाँट द्वितीय र कक्षा ११ की निरुता बोहरा तृतीय भएका छन् ।
जुनियरतर्फ भने कक्षा ३ की हिमांशी मल्ल प्रथम, कक्षा ४ का ईश्वर जोशी द्वितीय र कक्षा ५ की दीपशिखा साउँद तृतीय भएका छन् ।
यस्ता गतिविधिहरू केवल प्रतिस्पर्धाका लागि मात्र नभई भावनात्मक बुद्धिमत्ता, मूल्य, सांस्कृतिक समझ र जीवन उपयोगी सीप विकासमा योगदान पु¥याउने भएकाले यसलाई आगामी दिनमा अझ प्रभावकारी ढङ्गले विस्तार गरिँदै जाने पाठशालाका निर्देशक कटक ब. सिंहले बताए ।
कार्यक्रमको निर्णायकको रूपमा सुप आइडल विजेता समीर परियार र सनम परियार रहेका थिए ।