हङकङ सुपर सिक्सः नेपाल अफगानिस्तानसँग १८ रनले पराजित - Chaitanya News
  • 2025-11-08
  • 11:45:44
  • शनिबार,कार्तिक २३, २०८२
  • हङकङ सुपर सिक्सः नेपाल अफगानिस्तानसँग १८ रनले पराजित

    हङकङ सुपर सिक्सः नेपाल अफगानिस्तानसँग १८ रनले पराजित

    काठमाडौं– हङकङमा जारी हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग १८ रनले पराजित भएको छ।

    नेपालका लागि बलर रासिद खानले ह्याट्रिक सहित ४ विकेट लिंदा ब्याटर तथा कप्तानी गरेका सन्दीप जोराले १४ बलमा ५३ रनको विष्फोटक इनिङ खेलेपनि टिमको हार टार्न पर्याप्त रहेन।

    पहिले ब्याटिङ गर्दै अफगानिस्तानले निर्धारित ६ ओभरमा दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको नेपाल २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान जोराले १४ बलमा ८ छक्का र १ चौका प्रहार गर्दै ५३ रन जोड्दा रिटायर्ड हर्ट (घाइते) भएर पेभिलियन फर्किए। नेपालका लागि थप दोहोरो रनको स्कोरका रुपमा लोकेश बमले १० रन बनाउँदा रासिद खानले ११ र मोहम्मद अदिल आलमलेपनि ११ रन बनाए।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा अलआउट हुँदै १ सय १२ रन बनाएको थियो। उसका लागि करिम जनतले १० बलमा ३५ रन बनाउँदा गुल्बदिन नाइबले २२ तथा फर्मनल्लाहले ९ बलमा ३० रनको इनिङ खेल्दै टिमलाइ उच्च स्कोरमा पुर्याएका थिए। नेपालका लागि रसिद खानले सुपर सिक्समा दुर्लभ ह्याट्रिक हात पारे। उनले पाँचौ ओभरको पहिलो दोस्रो र तेस्रो बलमा विकेट लिंदै ह्याट्रिक पुरा गरेका थिए।