विश्वकप लिग–२ मा आज नेपाल युएईसँग भिड्दै - Chaitanya News
  • 2026-05-16
  • 21:43:49
  • शनिबार,जेठ ०२, २०८३
  • विश्वकप लिग–२ मा आज नेपाल युएईसँग भिड्दै

    विश्वकप लिग–२ मा आज नेपाल युएईसँग भिड्दै

    काठमाडौँ– आइसिसी विश्वकप क्रिकेट लिग–२ मा आज (बिहिबार) नेपाल युएईसँग भिड्ने भएको छ।

    खेल युएईमा बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ। लिग–२ अन्तर्गत युएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दै छ।

    लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा छ।

    दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मंगलवार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हराएको थियो। यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो।