काठमाडौं– अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक लगाइएको छ। सो क्षेत्रमा वर्षा र हिमपात भैरहेकाले पदयात्रामा रोक लगाइएको हो।
सो स्थानमा केही पदयात्रीहरु तल झर्न र माथि उक्लिन सकिरहेका छैनन्। उनीहरुलाई सहजीकरण गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मी इन्द्र शेरचन थकाली सहितको टोली खटिएको छ। सो टोली अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी परिचालित भएको हो।
उद्धार टोलीका एक सदस्य शेरचनले विभिन्न स्थानमा मानिसहरु फसिरकेको सूचना पाएकाले तिनीहरुलाई उद्धारका लागि आफूहरु परिचालित भएको बताए।
अन्नपूर्ण गाउँपालिकाले आवश्यक सहयोग वा सूचना चाहिएमा प्रहरी कन्ट्रोलको १०० नम्बर वा नजिकको प्रहरी वा अन्नपूर्ण गाउँपालिकाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न भनेको छ।