बंगालको खाडीमा सक्रिय भयो ‘मोन्था’ चक्रवात, नेपालमा कस्तो असर पर्छ ? - Chaitanya News
  • 2026-05-02
  • 17:04:22
  • शनिबार,बैशाख १९, २०८३
  • बंगालको खाडीमा सक्रिय भयो ‘मोन्था’ चक्रवात, नेपालमा कस्तो असर पर्छ ?

    बंगालको खाडीमा सक्रिय भयो ‘मोन्था’ चक्रवात, नेपालमा कस्तो असर पर्छ ?

    काठमाडौं– भारतीय मौसम विभागले बंगालको खाडीमा सक्रिय चक्रवात ‘मोन्था’ आज (मंगबार)अधिक शक्तिशाली भएर गम्भीर चक्रवाती आँधीमा परिणत हुने बताएको छ।

    जसका कारण आन्ध्र प्रदेशको तमिलनाडुका केही भागमा भारी वर्षा हुन सक्ने विभागको भनाइ छ। चक्रवात आज आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गर्ने अनुमान गरेर आन्ध्र प्रदेश, ओडिशाका केही भूभागका लागि चक्रवातको चेतावनी जारी गरिएको छ।

    भारतीय मौसम विभागले जारी गरेको बयानमा भनिएको छ, ‘चक्रवाती आँधी बेलुका वा रातमा आन्ध्र प्रदेशको काकिनाडा निजक मछलीपट्टनम र कलिंगपट्टनमको बीचको तट पार गर्न सक्छ।’

    विभागका अनुसार त्यो समयमा हावाको गति ९०–१०० किलोमीटर प्रति घण्टासम्म पुग्न सक्ने छ। मौसम विभागले सोमवार ‘मोन्था’ को प्रभावबाट महाराष्ट्रको विदर्भ क्षेत्रमा २८ देखि ३० अक्टोबारको बीच मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको बताएको थियो।

    ‘मोन्था’को प्रभाव नेपालमा पनि देखिनेछ। मौसमविद्हरूका अनुसार भारतमा सक्रिय भएको केही दिनमै यो नेपालमा प्रवेश गर्ने छ।

    बंगालको खाडीमा विकसित भएको यो प्रणाली पूर्वी नेपालमा प्रवेश गर्नेछ। बिहीबार यो पूर्वी नेपालमा सक्रिय हुने पूर्वानुमान छ । यसको प्रभाव कोशी प्रदेशका साथै मधेश हुँदै मध्य नेपालसम्म पर्नेछ।