करार सेवामा कार्यरत एक सयभन्दा बढी कर्मचारीको एकैसाथ करार सम्झौता रद्द - Chaitanya News
  • 2025-11-08
  • 11:48:57
  • शनिबार,कार्तिक २३, २०८२
  • करार सेवामा कार्यरत एक सयभन्दा बढी कर्मचारीको एकैसाथ करार सम्झौता रद्द

    करार सेवामा कार्यरत एक सयभन्दा बढी कर्मचारीको एकैसाथ करार सम्झौता रद्द

    काठमाडौँ– अस्थायी, ज्यालादारी र करार सेवामा कार्यरत एक सयभन्दा बढी कर्मचारीहरूको एकैसाथ करार सम्झौता रद्द गर्ने निर्णय गरिएको छ।

    झापाको मेचीनगर नगरपालिकाले कात्तिक १ गतेदेखि लागू हुने गरी सो निर्णय गरेको हो। गत असोज २९ गतेको नगर कार्यपालिकाको बैठकले अस्थायी, ज्यालादारी र करार सेवामा कार्यरत कर्मचारीहरूको करार सम्झौता रद्द गर्ने नीतिगत निर्णय गरेको थियो।

    कार्यपालिकाको निर्णय नं।३ मा नेपाल सरकार अर्थ मन्त्रालयको मिति २०८२ असोज ७ गते र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असोज ८ गतेको निर्णय कार्यान्वयन गर्नका लागि यो निर्णय लिइएको नगरपालिकाले जनाएको छ।

    सशर्त अनुदानबाट तलब र अत्यावश्यक सेवा (स्वास्थ्य सेवा, वारुणयन्त्र, नगर प्रहरी, सरसफाइ, चालक र आधारभूत नगर अस्पतालमा हाल कार्यरत कर्मचारी) बाहेक अन्य अस्थायी, ज्यालादारी र करार कर्मचारीहरूको सम्झौता रद्द गर्ने निर्णय भएको हो। हटाइएका तथा करार सम्झौता रद्द भएका कर्मचारीहरूलाई जानकारी दिइएको छ।