आज अमेरिकी डलर स्थिर, यूरो र पाउण्डको भाउमा सामान्य गिरावट - Chaitanya News
  • 2026-05-27
  • 12:59:17
  • बुधबार,जेठ १३, २०८३
  • आज अमेरिकी डलर स्थिर, यूरो र पाउण्डको भाउमा सामान्य गिरावट

    आज अमेरिकी डलर स्थिर, यूरो र पाउण्डको भाउमा सामान्य गिरावट

    काठमाडौँ– आज (बिहिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर स्थिर रहँदा यूरोपियन युरो र ब्रिटिस पाउण्ड स्ट्रलिङको भाउमा सामान्य गिरावट आएको छ।

    आज एक अमेरिकी डलरको खरिद दर १४० रुपैयाँ ३९ पैसा र बिक्री दर १४० रुपैयाँ ९९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

    त्यस्तै, एक युरोपियन युरोको खरिद दर १६२ रुपैयाँ ६८ पैसा र बिक्री दर १६३ रुपैयाँ ८३ पैसा तोकिएको छ भने एक युके पाउण्ड स्ट्रलिङको खरिद दर १८६ रुपैयाँ ९१ पैसा र बिक्री दर १८७ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ।

    स्वीस फ्रयाङ्क एकको खरिद दर १७६ रुपैयाँ १४ पैसा र बिक्री दर १७६ रुपैयाँ ८९ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ १५ पैसा र बिक्री दर ९१ रुपैयाँ ५४ पैसा कायम गरिएको छ।

    त्यस्तै, क्यानेडियन डलर एकको खरिद दर १०० रुपैयाँ १४ पैसा र बिक्री दर १०० रुपैयाँ ५७ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०८ रुपैयाँ ०८ पैसा र बिक्री दर १०८ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ।

    केन्द्रीय बैंकका अनुसार जापानी येन १० को खरिद दर नौ रुपैयाँ २५ पैसा र बिक्री दर नौ रुपैयाँ २९ पैसा छ। चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ७० पैसा र बिक्री दर १९ रुपैयाँ ७९ पैसा, साउदी रियाल एकको खरिद दर ३७ रुपैयाँ ४३ पैसा र बिक्री दर ३७ रुपैयाँ ५९ पैसा कायम गरिएको छ।

    कतारी रियाल एकको खरिद दर ३८ रुपैयाँ ५२ पैसा र बिक्री दर ३८ रुपैयाँ ६८ पैसा, थाइ भाट एकको खरिद दर चार रुपैयाँ २७ पैसा र बिक्री दर चार रुपैयाँ २९ पैसा, युएई दिराम एकको खरिद दर ३८ रुपैयाँ २२ पैसा र बिक्री दर ३८ रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ।

    यस्तै, मलेसियन रिङ्गेट एकको खरिद दर ३३ रुपैयाँ १९ पैसा र बिक्री दर ३३ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ८१ पैसा र बिक्री दर नौ रुपैयाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ८८ पैसा र बिक्री दर १४ रुपैयाँ ९४ पैसा, डेनिस क्रोनर एकको खरिद दर २१ रुपैयाँ ७८ पैसा र बिक्री दर २१ रुपैयाँ ८७ पैसा तोकिएको छ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १८ रुपैयाँ ०७ पैसा र बिक्री दर १८ रुपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिद दर ४५७ रुपैयाँ ८८ पैसा र बिक्री दर ४५९ रुपैयाँ ८३ पैसा निर्धारण गरेको छ।
    त्यस्तै, बहराइन दिनार एकको खरिद दर ३७२ रुपैयाँ ४१ पैसा र बिक्री दर ३७४ रुपैयाँ, ओमानी रियाल एकको खरिद दर ३६४ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६६ रुपैयाँ १९ पैसा रहेको छ।

    भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

    राष्ट्र बैंकले आवश्यकतानुसार यो विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने पनि बैंकले जनाएको छ।