काठमाडौँ–पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गर्न अपिल गरेका छन्।
आज (बुधवार) नेपाल संवत् ११४६ को अवसरमा आज शुभकामना सन्देशमार्फत उनले यस्तो बताएका हुन्।
‘हाम्रो सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर हामीले राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्छ। राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली(हाम्रो शक्ति हो,’ उनले भनेका छन्, ‘विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा बदलौँ र सद्भावको सुगन्ध फैलाऔँ। राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गरौँ।’ उनले लेखेका छन्।
सन्देशमा उनले आफ्नो सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर राष्ट्रियतालाई बलियो बनाउनुपर्ने बताएका छन्।