भाइटिकामा काठमाडौं उपत्यका छाड्ने यात्रुहरूको सङ्ख्या बढ्यो - Chaitanya News
  • 2026-05-28
  • 11:34:59
  • बिहिबार,जेठ १४, २०८३
  • भाइटिकामा काठमाडौं उपत्यका छाड्ने यात्रुहरूको सङ्ख्या बढ्यो

    भाइटिकामा काठमाडौं उपत्यका छाड्ने यात्रुहरूको सङ्ख्या बढ्यो

    काठमाडौँ– तिहारअन्तर्गत भाइटिका नजिकिँदै जाँदा काठमाडौं उपत्यका छाड्ने यात्रुहरूको सङ्ख्या बढेको छ।

    उपत्यकाका विभिन्न नाकाका साथै बसपार्कहरूमा यात्रुहरूको भिड देखिएको छ। शनिबारदेखि सुरु भएको तिहारको भाइटिकाको बिहानसम्ममा करिब ५ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ।

    उपत्यका बाहिरिने सर्वसाधारणका साथै तिहारमा उपत्यका आउने यात्रुहरूको सङ्ख्या पनि उतिनै देखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

    कार्तिक ३ गते बिहान ६ देखि कार्तिक ४ गते बिहानसम्म ४० हजार ९ सय ७७ यात्रु बाहिरिँदा ४० हजार ४०८ यात्रु उपत्यका प्रवेश गरेको ट्राफिक कार्यालयले जानकारी दिएको छ।