काठमाडौँ– लक्ष्मीपूजा अर्थात् हिजो (सोमबार) साँझ देशभर १६५० मेगावाट बिजुली खपत भएको छ। जुन अन्य दिनको तुलनामा उच्च रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड (उच्चतम खपत) १६५० मेगावाट पुगेको जनाएको छ। कुल प्रणाली माग २६ सय ६५ मेगावाट रहेको प्राधिकरणले जनाएको छ।
गत वर्षको लक्ष्मीपूजामा १६ सय ५ मेगावाट खपत भएको प्राधिकरणको भनाई छ। बढी बिजुली खपत गर्ने उद्योग बन्द हुने भए पनि हरेक घरदेखि उद्योगसम्म झिलिमिली बत्ती बालिन्छ।
अहिलेका ऊर्जा मन्त्री तथा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले ०७३ सालको लक्ष्मी पूजाका दिनदेखि उपत्यकामा लोडसेडिङ अन्त्य गरेको घोषणा गरेका थिए।